कपिलवस्तुको विजयनगर गाउँपालिका ३ मा खेलाडीलाई खेल सामग्री वितरण

  • पुस २३, २०८१
  • ५८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी पुस २३ । विजयनगर गाउँपालिका–३ ले युवाहरुको खेल प्रतिभा विकासका लागि वडा स्तरीय खेलाडीहरूलाई ड्रेस तथा खेल सामग्री वितरण गरेको छ। वडा नं.३ का अध्यक्ष हृदय बिकाश चौधरी (बिके चौधरी) को अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई खेल सामग्री प्रदान गरिएको हो। यस अवसरमा अध्यक्ष चौधरीले युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलको महत्वलाई उल्लेख गर्दै आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि वडा प्रतिबद्ध रहेको बताए। स्थानीय खेलाडीहरूले वडा कार्यालयको यस कार्यप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको खेल यात्रामा यस किसिमको सहयोगले थप ऊर्जा मिल्ने प्रतिक्रिया दिए। कार्यक्रममा वडा सदस्य, स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

डाक्नेश्वरी मन्दिरमा ...

राजविराज माघ ७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१