Siraha Times
ताजा समाचार

नेपाली जनसम्पर्क समिती कतारले अगामी जनवरी ३ तारीखमा रक्तदान गर्दै

  • पुस १५, २०८१
  • ८९४ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम पुस १५ ।
दोहा।नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यसपाली पनि ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर ९ औ पटक रक्तदान कार्यक्रम गर्ने भएको हो।

रक्तदान कार्यक्रम कतारको (हमाद हस्पिटल) स्थित ब्लड डोनेट सेन्टरको हलमा हुने छ । रक्तादान अगामी ०३ जनवरी २०२५ शुक्रबार समय बिहान बिहान ८ बजे देखि १२ बजे सम्म हुने नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसालले जानकारी दिएको छ।

उक्त रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरि पुन्य कमाउनको लागि महामन्त्री भुसालले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१