Siraha Times
ताजा समाचार

जनमतका अन्तर्राष्ट्रिय संगठन गैर-गआवासीय मधेशी संघ कतारद्वारा पुन: शब उद्दार गरि नेपाल पठाइयो

  • पुस १३, २०८१
  • १३११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव
दोहा - कतारमा कार्यरत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं. १० निवासी २३ वर्षीय मनिष पासमानको निधनको दुःखद समाचारले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। १८ डिसेम्बर २०२४ मा भएको दुर्घटनामा उहाँले ज्यान गुमाउनुभएको थियो। उहाँको शव नेपाल पठाउन जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन तथा गैर-आवासीय मधेसी संघ (NRMA) कतारले महत्वपूर्ण भूमिका खेलेका छन्।
२०२४ डिसेम्बर २७ बिहीबारका दिन, NRMA कतार र नेपाली दूतावासको सहकार्यमा मनिष पासमानको शव नेपाल पठाइएको हो। विगत दुई वर्षदेखि कतारमा कार्यरत रहँदै आउनुभएका पासमानको मृत्युपछि उहाँको परिवारलाई शव फिर्ता गर्न विभिन्न संघ-संस्थाले विशेष प्रयास गरेका थिए।

उद्धार कार्यमा सहभागी प्रतिनिधिहरू 

केन्द्रिय पूर्व समाजसेवी श्री जितेन्द्र कुमार यादव
उपाध्यक्ष श्री राजकुमार मण्डल
पूर्व महासचिव राजु यादव
पूर्व कोषाध्यक्ष श्री नन्दकुमार ठाकुर
केन्द्रीय प्रवक्ता राम यधिन यादव
केन्द्रीय नेसनल कमिटी सदस्य निरोज कुमार यादव
नेसनल कमिटी सदस्य सुशील कुमार मण्डल

त्यसैगरी, उद्धार कार्यमा गाउँकै NRMA कतार मेकानिस्ट्रीम कोषाध्यक्ष श्री जितेन्द्र कुमार पासमानले पनि विशेष भूमिका निर्वाह गर्नुभएको छ।यो कठिन समयमा NRMA कतारका सम्पूर्ण सदस्यहरूको सहकार्यले मनिष पासमानको शव नेपाल फिर्ता गर्न सम्भव भएको हो। यसमा संलग्न सबै व्यक्तिहरूप्रति मृतकका परिवारले हार्दिक आभार प्रकट गरेका छन्।मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै, यस दुःखद घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना नेपाली समुदायले गरेको छ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१