ताजा समाचार

सिराहा सेवा समाज कतारको ९ औ अधिवेशन १३ डिसेम्बरमा हुँदै

  • मंसिर १३, २०८१
  • १२६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
दोहा:-सिराहा सेवा समाज कतारको ९ औं अधिवेशन तथा विविध संस्कृतिक कार्यक्रम अगामी १३ डिसेम्बर २०२४ मा हुने भएको छ ।

अधिवेशन सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा अगामी १३ डिसेम्बर शुक्रबारका दिन जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा हुने संस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।कतारमा नेपाली सामाजिक संस्थाहरु मध्ये मधेश प्रदेशको जेठो संस्थाको रुपमा स्थापित सिरहा सेवा समाज कतारको आठौ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्दै ९ औं अधिवेशनको लागि संस्थाका सम्पूर्ण पदाधिकारिहरु तिब्र तयारीमा जुटेका कार्यवाहक अध्यक्ष यादवले बताए।

सिराहा सेवा समाजको चाहना, सभ्य, समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै ९ औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला सिराहा र कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको बताए।

कतारमा विभिन्न पेसामा आवद्ध रहेका सिरहालीहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको ९ औ अधिवेशनको अन्य व्यवस्थापकीय तयारीमा जुटेको हुँदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य सेवामा लाम ...

रामअधार यादव, रौतहट, असोज, १४ रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा स्वास्थ्य चौकीम ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤