Siraha Times
ताजा समाचार

यातायातका नयाँ प्रमुख कर्ण माथि ड्राईभर गुरुङ्गको षड्यन्त्र सुरु, निवर्तमान प्रमुख गौतम करिब ५ करोड कुम्ल्याएर गए

  • असोज २०, २०८१
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २० असाेज । यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्गले नयाँ कार्यालय प्रमुख आएका धर्मेन्द्र लाल कर्णलाई असफल पार्न षड्यन्त्र सुरु गर्न लागेको समाचार प्राप्त हुन आएको छ । ड्राईभर गुरुङ्गले तत्कालिन कार्यालय प्रमुख उमेश रेग्मीलाई जसरी असफल बनाई भ्रष्ट निवर्तमान कार्यालय प्रमुख कमल राज गौतमलाई ल्याउन महत्वपूर्ण भुमिका खेलेका थिए, त्यसैगरी नवआगन्तुक प्रमुख कर्णलाई असफल बनाउन गुरुङ्गले भुमिका खेलिरहेको कर्मचारी स्रोतले जनाएको छ ।

गुरुङ्गले करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफ्नो ड्राईभर पदमा करारमा नियुक्ती गराउन सफल भए पनि उनी अप्रत्यक्ष रुपमा कार्यालय प्रमुखको भुमिकामा रहदै आएको स्रोतको कथन रहेको छ । गुरुङ्गले करारको ड्राईभर पदमा नियुक्ती लिए पनि चारै तिरको सेटिङ्गको नाममा करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिएका छन् । चितवन जिल्ला निवासी गुरुङ्गले आफ्ना नातेदारहरु चितवन निवासी सन्दिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक र धरान जिल्ला निवासी सुमन मगरलाई बिना नियुक्तीको आफु सँगे राख्ने गरेको र उनीहरुलाई बिचौलियाको रुपमा प्रयोग गर्ने गरेको स्रोतको कथन रहेको छ ।

गुरुङ्ग जस्तो परिपक्क ड्राईभर र उनका नातेदारहरु जस्तो बिचौलिया मधेश प्रदेशमा योग्य नदेखिएको कारण जुन कार्यालय प्रमुख आउँदा उनीहरुकै सल्लाह अनुसार हिडेर कार्यालयलाई भ्रष्टाचारको आखडा बनाउदै आएको सर्वविदितै नै छ । नयाँ कार्यालय प्रमुख गुरुङ्गको सल्लाह अनुसार नहिडने भएपछि उनी भित्र–भित्रै कर्णलाई असफल बनाउने रणनिति लिएर पुनः भ्रष्ट प्रवृतिका कमलराज गौतमलाई नै ल्याउने प्रपञ्च रचने गरेको स्रोतले जनाएको छ । निवर्तमान प्रमुख गौतम मिति २०८१÷०४÷१७ गते देखि भदौ महिनाको १३ गते सम्म पटक–पटक लिखित र प्रयोगात्मक परीक्षा गर्दै सो अवधिमा करिब ५ करोड असुलेको चर्चा कार्यालय भित्र नै हुने गरेको छ ।

यातायात वीरगंजमा गौतमले व्यापक भ्रष्टाचार गरिरहेको आरोप लाग्न थालेपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको सिफारिसमा मुख्यमन्त्रीको कार्यालयले उनको सरुवा गरेको हो । गौतमको सरुवा भए पछि उनी सरुवा रोकाउन विभिन्न शक्ति केन्द्रमा धाएपनि सफल हुन सकेनन् । गौतमको सरुवा नरुकेपछि उनको कार्यकालमा उठेको करिब ५ करोड रुपैयाबाट परीक्षा समितिका केही सदस्य र अन्य कर्मचारीहरुलाई भाग नदिएपछि कर्मचारीहरु असन्तुष्ट नै रहेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

ती कर्मचारीका अनुसार गौतम भन्छन्, उठेको रकम मध्ये मोटो रकम श्रम तथा यातायात र मुख्यमन्त्रीको कार्यालयमा सरुवा रोकाउन दिएपनि उनीहरु पैसा पनि खाए र सरुवा पनि गरेको अवस्थामा म कहाँबाट दिउँ ? भन्दै कर्मचारीहरुलाई आश्वस्त पार्दै रवाना लिई हिडेका थिए । यातायात कार्यालय वीरगंज भ्रष्टाचारमुक्त कार्यालय बनाउने हो भने जसरी भ्रष्ट प्रमुख गौतमको सरुवा गरिएको हो, त्यसैगरी गुरुङ्गलाई हटाएर कार्यालयलाई सफा र स्वच्छ राख्नु पर्ने सो कार्यालयका पिडित कर्मचारी र सेवाग्रहीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१