रौतहटमा जुत्ताभित्र लुकाएर भारतबाट नेपाली रुपैयाँ ल्याउने एक जना पक्राउ

  • भदौ २०, २०८१
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० भदौ । भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान गौर नगरपालिका वडा नम्बर १ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ गरेको हो। भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यस्तै दाहिने र देब्रे खुट्टामा ईलाष्टिकले बाँधेर लुकाएको अवस्थामा थप १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१