ताजा समाचार

तीज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम लहानमा

  • भदौ १८, २०८१
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ भदौं नेपाली हिन्दुधर्मावलम्बी दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा लहान नगरपालिकाले बिशेष शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको जानकारी पत्रकार संजय बि.क.ले दिएका छन। तीज नेपाली दिदिबहिनीहरु को लागी महत्वपुर्ण त्यौहार हो र मधेसमा यस पर्वलाई चौठी चान्द अर्थात चौरचन भनेर बुझिन्छ।

दिदिबहिनीहरुको चाहना अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । हजारौंजना भन्दाबढी महिला दिदिबहिनीहरुले तीज विशेष कार्यक्रममा हर्सोउल्लासका साथ सहभागीता जनाएका थिए भने नगर प्रमुख महेश प्रसाद चौधरीले तीज विशेष कार्यक्रमको औपचारिक रुपमा समुदघाटन गरेका थिए। हिमालय पुत्री माता पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर व्रत राखेकोले पतिको दिर्घायुको कामनागर्दै दिदिबहिनीहरुले तीज पर्व मनाउन थालिएको धार्मिक विश्वास रहिआएको छ। कार्यक्रममा उप प्रमुख रामचलितर महतो सहित अन्य जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

वास्तवमा भन्नु पर्दा यस्तो कार्यक्रम मार्फत जन्ता खुशी हुने र सरकार हरेक नागरिकको घरदैलोमा रहेको बुझ्न सकिन्छ। कला संस्कृतिलाई जगेर्ना गर्दै हरेक धर्मसंस्कृति जाती धर्मको चाडबाडमा यसरी नै स्थानीय सरकार हर्षोउल्लाहका साथ उपस्थिति हुनु पनि एउटा ठुलो बिकास हो भन्दा फरक नपर्ला। मेयर महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकार अब हरेक बिषय बस्तुलाई समेट्दै बिकास कार्यलाई तिब्रता दिएको देखिन्छ,खुशीको कुरो हो र यो निरन्तर चल्न जरुरी छ। लहान न.पा. मा प्राय युवा जनप्रतिनिधिहरु छन, जोसिला छन र शिक्षित पनि छन। नागरिकको चाहना मुताविक जन बोलीको कदर गर्दै स्थानीय सरकार अगाडी बढ्न जरुरी रहेको समेत देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤