ताजा समाचार

भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना

  • भदौ १४, २०८१
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदौ १४ गते । कीर्ते कागजपत्रका आधारमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ बसनचौरीस्थित राष्ट्रिय वनको एक सय एघार बिघा, १२ कट्ठा १६ धुर जग्गा अतिक्रमण गर्ने प्रयास विफल तुल्याउन गम्भीर अनुसन्धान गरेका डिभिजनल वन कार्यालय बाराका प्रमुख एवम् डिभिजनल वन अधिकृत विनोद सिँहलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सराहना गरेका छन् । मुख्यमन्त्री सिंहले डिभिजनल वन अधिकृत सिंहलाई टेलिफोन गरी राष्ट्रिय वन जमिन अवैध तरिकाले भूस्वामित्व प्राप्त गर्न खोजेकाहरूको दुष्प्रयास रोक्न अनुसन्धान कार्यमा संलग्न सबै कर्मचारी धन्यवादका पात्र रहेको बताउँदै सो कार्यको सराहना गरेका हुन् । 

साबिक सपही गाविस वडा नम्बर १ र हाल कोल्हवी नगरपालिका–२ मा पर्ने कित्ता नम्बर १०, १२, १३, १४, १५ र १६ का व्यक्तिको लालपुर्जा र नक्साभित्रका जग्गामा नेपाली सेनाले गरेको वृक्षरोपण खाली गराउन लिलादेवी बुढाथोकीले नेपाली सेनाको जङ्गी अड्डा काठमाडौंमा निवेदन पेस गरेका थिए । त्यसउपर डिभिजन वन कार्यालय बाराले जाँचबुझ गर्दा साबिक सपही गाविस वडा नम्बर १(घ) को नाममा जनिएको कित्ता नम्बर १ देखि १९ को कुल क्षेत्रफल एक सय एघार बिघा, १२ कट्ठा १६ धुर अर्थात् ७५ दशमलव ५३ हेक्टर जग्गा हाल कोल्हवी नगरपालिका वडा नम्बर २ बारास्थित तामागढी साझेदारी वन उपभोक्ता समूहले संरक्षण तथा व्यवस्थापन गर्दै आएको खुलेको थियो । डिभिजन वन कार्यालय बाराले सो जग्गाको स्वामित्व नेपाल सरकारमा रहेको राष्ट्रिय वनक्षेत्र हो भनी ठहर गर्दै सो जग्गाको हक कोही कसैलाई पनि हस्तान्तरण गर्ने तर्फ कामकारबाही नगराउन भूमिसुधार तथा मालपोत कार्यालय बारा नापी कार्यालयलाई लेखी पठाएको छ ।

मुख्यमन्त्री सिँहले सरकार मातहतका संयन्त्रले गर्ने कामबाट नै सरकारको भूमिका स्थापित हुने भन्दै भुइँतहमा कार्यरत जनशक्तिले इमानदारी तथा निष्ठापूर्वक काम गरिदिँदा सरकारबाट प्रवाह हुने सेवा संस्थागत र सुशासनयुक्त हुने बताए । उनले असल काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको प्रस्ट पारे । उनले कोल्हबीको वनको जग्गा कब्जा प्रकरणमा कीर्ते कागज बनाउने र बनाउन सघाउने कार्यमा संलग्नहरूलाई कारबाही गर्न प्रदेश सरकारले सङ्घ सरकारलाई सिफारिस गर्ने बताए । 

मुख्यमन्त्री सिँहले वन संरक्षणप्रति प्रदेश सरकार संवेदनशील रहेको भन्दै वनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि सरकारले आवश्यक प्रविधि, ज्ञान र जनशक्ति व्यवस्थापन गर्न तयार रहेको उल्लेख गरे । डिभिजनल वन अधिकृत विनोद सिँहले मुख्यमन्त्रीको फोनबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । ‘यसअघि पनि वन संरक्षणका क्षेत्रमा चुनौतीपूर्ण कार्य गरेको छु, तर मुख्यमन्त्री तहबाट तत्काल प्राप्त भएको सराहना पहिलोपटक हो । हामी अत्यन्त खुसी भएका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤