ताजा समाचार

महाराजगञ्ज फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण

  • भदौ १४, २०८१
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका-१ महाराजगञ्जमा अवस्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्याम्पसले विभिन्न जातका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा राेपेकाे स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसका सभापति अभिषेक यादवले जानकारी दिए । क्याम्पसलाई हरियाली र साैन्दर्यीकरण गर्नका लागि विभिन्न प्रजातिका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा लगाइएको उनले बताए । उनले वृक्षारोपणलाई अभियानकै रुपमा चलाउन आवश्यक रहेकाे बताउँदै सबै क्याम्पस र विद्यालयहरुका वृक्षारोपण गर्नेपर्ने बताए । वृक्षारोपण कार्यक्रममा फलाहारी बाबा बहुमुखी नवनिर्मित भवनका क्याम्पस व्यवस्थापन अध्यक्ष श्याम सुन्दर चौधरी, क्याम्पस प्रमुख सुर्यलाल कसौधन, शिक्षक, कर्मचारी, क्याम्पस सञ्चालक समिति सदस्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभिषेक यादव, स्ववियु सदस्य लगायत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको राजेश चौधरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤