महाराजगञ्ज फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण

  • भदौ १४, २०८१
  • ७१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका-१ महाराजगञ्जमा अवस्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्याम्पसले विभिन्न जातका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा राेपेकाे स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसका सभापति अभिषेक यादवले जानकारी दिए । क्याम्पसलाई हरियाली र साैन्दर्यीकरण गर्नका लागि विभिन्न प्रजातिका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा लगाइएको उनले बताए । उनले वृक्षारोपणलाई अभियानकै रुपमा चलाउन आवश्यक रहेकाे बताउँदै सबै क्याम्पस र विद्यालयहरुका वृक्षारोपण गर्नेपर्ने बताए । वृक्षारोपण कार्यक्रममा फलाहारी बाबा बहुमुखी नवनिर्मित भवनका क्याम्पस व्यवस्थापन अध्यक्ष श्याम सुन्दर चौधरी, क्याम्पस प्रमुख सुर्यलाल कसौधन, शिक्षक, कर्मचारी, क्याम्पस सञ्चालक समिति सदस्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभिषेक यादव, स्ववियु सदस्य लगायत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको राजेश चौधरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१