ताजा समाचार

आज देशै भर श्रीकृष्ण जन्म अष्ट्मी मनाउदै

  • भदौ १०, २०८१
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेमप्रसाद पासवान भदौ १० सोमबार धनगढी माई १२ ।। भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्तमा भाद्र कृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा भारतको मथुरा जेलमा भएकोहो विवाह भय लगतै जेलमा राखिएका माता पिता बाट आठौं सन्तानको रुपमा जन्म भएको थियो । श्रीकृष्ण जगतगुरु परमात्मा हुनुहुन्थ्यो भगवानले पापाचार उन्मुलन गरि समाजमा युगिन शिक्षा दिनका लागी माता देवकी र पिता वसुदेवको कोखबाट सन्तानको रुपमा जन्म लिनुभएको थियो ।

त्यसबेला अन्याय अत्याचार जस्ता पापाचार बढ्नुका सथै धर्मको बिनास भएकोले यश संसारका संचालक परमात्माले कृष्ण रूपमा अवतार लिनुपर्छ भने सोचेर देवताहरुको साथमा सल्लाहभए । र सल्लाह अनुसार भगवान देवकी गर्वमा आएर समान्य मानवीय स्वभावकासाथ अवतरित हुनुभएको थियो सर्वग्य भगवान श्रीकृष्णले सुरुमा अबोध मानव बाललिला प्रदर्शन गर्नुभयो । बाललिला मार्फत वहाले परोक्ष रुपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउदै जानुभयो एकपक्षी अर्को आसचर्य सनसनी पुर्ण बाललिला त्यतिखेरको समाजलाई चकित बनाउदै यदाकदा आफ्नाकुरा राल्ने श्रीकृष्ण कोहिन कोहि अलौकिक व्यक्ति भएको आभास दिलाए ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤