ताजा समाचार

त्रिनेत्र माविकाे अध्यक्षमा पुन: विजय कुमार कुर्मी चयन

  • भदौ ८, २०८१
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर-साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुनः विजय कुमार चाैधरी चयन भएका छन् । दाेस्राे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चाैधरी चयन भएका हुन् ।

अभिभावक भेलाबाट सर्वसम्मत रुपमा चाैधरीकाे नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक बालजी चाैधरीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा राम प्रकाश यादव, रामराज पाल, महिलातर्फ सावित्री पासी, चन्द्रावती गिरी र मनाेनितमा महिला सदस्यमा दुरपाती कोरीलाई चयन गरिएको विद्यालयले जनाएको छ ।

यस्तै विद्यालय व्यवस्थापन समितिकाे सदस्य सचिवमा प्रधानाध्यापक बालजी चाैधरी, शिक्षक प्रतिनिधिमा सुशिला देवी कुर्मी र पदेन सदस्यमा वडा अध्यक्ष दिनेश कुमार चाैधरी गरि ९ जना सदस्यसहितको व्यवस्थापन समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ । यसैगरी राम खेलावनकाे संयाेजकत्वमा शिक्षक अभिभावक संघ समेत गठन भएको विद्यालयले जनाए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤