Siraha Times
ताजा समाचार

तरकारी खेतीले सिन्धुली राजापानीकी रुक्मिणीको जिवनस्तरमा परिवर्तन आयो

  • भदौ २, २०८१
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ भदौ । कमलामाई नगरपालिका ५ राजापानीकी रुक्मिणी व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुहुन्छ । विगत १० वर्ष देखि राजापानीमा रुक्मिणीले तरकारी खेति गर्दै आउनुभएको हो । उहाँले अहिले बेमौसमी गोलभेडा, घिरौला, करेला लगायतको तरकारी लगाउनु भएको छ । टनेल नै बनाएर बेमौसमी तरकारी खेति गर्नुभएको उहाँलाई अहिले खेतिबाटै घरखर्च साथै छोराछोरी पढाउन पुग्ने गरेकोे छ ।

May be an image of 1 person

तरकारी खेतिबाट घरखर्च साथै छोराछोरी पढाउन पुगेको छ । त्यति मात्र होइन चाडपर्व मनाउन पनि यहि तरकारी खेति बाटै पुगिरहेको छ । केहि पैसा बचत समेत गरेकी छु ,” उहाँले भन्नुभयो । उहाँले तरकारी खेति बाटै मनग्य आम्दानी गरिरहनुभएको छ । एक लटमै एक लाख सम्म कमाउने गरेको उहाँ सुनाउनुहुन्छ । “मौसमी तरकारी खेतिबाट लगभग एक लाख जति नाफा भयो , अहिले बेमौसमी तरकारी पनि बेच्दै छु । अहिले सम्म ६० हजार भन्दा बढीको बेमौसमी तरकारीहरु बेचिसकेको छु । अझै बाकीँ छ ,” उहाँले भन्नुभयो ।

May be an image of 2 people

तरकारी खेति आम्दानीको राम्रो स्रोत बनेको उहाँले बताउनुभयो । घरखर्च, छोराछोरी पढाउन साथै चाडपर्व मनाउन खेतिबाटै पुग्ने र श्रीमानले कमाएको पैसा भने बचत हुने गरेको उहाँले बताउनुभयो । “तरकारी खेतिबाट सबैघरमा खर्च टार्ने गरेको छु । श्रीमानले कमाएको पैसा बचत हुन्छ । श्रीमानको आशमा बस्नु पदैन ,” उहाँले भन्नुभयो । खेतिका गर्नका लागि लिलालाई कमलामाई नगरपालिका लगायत विभिन्न संघसंस्थाले तरकारीको विउँविजनमा सहयोग गरिरहेको छ । “बेमौसमी तरकारी उत्पादन गर्न टनेल निर्माणका लागि कमलामाई नगरपालिकाले प्लाष्टिक सहयोग गरेको छ । विउँ विजनका लागि सिड्स नेपालले पनि सहयोग गरिरहेको छ ,” उहाँले भन्नुभयो । यसरी सहयोग पाउँदा थप तरकारी खेति गर्न प्रोत्साहन मिल्ने गरेको उहाँले बताउनुभयो ।

May be an image of 2 people

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१