तरकारी खेतीले सिन्धुली राजापानीकी रुक्मिणीको जिवनस्तरमा परिवर्तन आयो

  • भदौ २, २०८१
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २ भदौ । कमलामाई नगरपालिका ५ राजापानीकी रुक्मिणी व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुहुन्छ । विगत १० वर्ष देखि राजापानीमा रुक्मिणीले तरकारी खेति गर्दै आउनुभएको हो । उहाँले अहिले बेमौसमी गोलभेडा, घिरौला, करेला लगायतको तरकारी लगाउनु भएको छ । टनेल नै बनाएर बेमौसमी तरकारी खेति गर्नुभएको उहाँलाई अहिले खेतिबाटै घरखर्च साथै छोराछोरी पढाउन पुग्ने गरेकोे छ ।

May be an image of 1 person

तरकारी खेतिबाट घरखर्च साथै छोराछोरी पढाउन पुगेको छ । त्यति मात्र होइन चाडपर्व मनाउन पनि यहि तरकारी खेति बाटै पुगिरहेको छ । केहि पैसा बचत समेत गरेकी छु ,” उहाँले भन्नुभयो । उहाँले तरकारी खेति बाटै मनग्य आम्दानी गरिरहनुभएको छ । एक लटमै एक लाख सम्म कमाउने गरेको उहाँ सुनाउनुहुन्छ । “मौसमी तरकारी खेतिबाट लगभग एक लाख जति नाफा भयो , अहिले बेमौसमी तरकारी पनि बेच्दै छु । अहिले सम्म ६० हजार भन्दा बढीको बेमौसमी तरकारीहरु बेचिसकेको छु । अझै बाकीँ छ ,” उहाँले भन्नुभयो ।

May be an image of 2 people

तरकारी खेति आम्दानीको राम्रो स्रोत बनेको उहाँले बताउनुभयो । घरखर्च, छोराछोरी पढाउन साथै चाडपर्व मनाउन खेतिबाटै पुग्ने र श्रीमानले कमाएको पैसा भने बचत हुने गरेको उहाँले बताउनुभयो । “तरकारी खेतिबाट सबैघरमा खर्च टार्ने गरेको छु । श्रीमानले कमाएको पैसा बचत हुन्छ । श्रीमानको आशमा बस्नु पदैन ,” उहाँले भन्नुभयो । खेतिका गर्नका लागि लिलालाई कमलामाई नगरपालिका लगायत विभिन्न संघसंस्थाले तरकारीको विउँविजनमा सहयोग गरिरहेको छ । “बेमौसमी तरकारी उत्पादन गर्न टनेल निर्माणका लागि कमलामाई नगरपालिकाले प्लाष्टिक सहयोग गरेको छ । विउँ विजनका लागि सिड्स नेपालले पनि सहयोग गरिरहेको छ ,” उहाँले भन्नुभयो । यसरी सहयोग पाउँदा थप तरकारी खेति गर्न प्रोत्साहन मिल्ने गरेको उहाँले बताउनुभयो ।

May be an image of 2 people

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१