ताजा समाचार

बढ्दो लागुऔषध नियन्त्रणका लागी सचेतना कार्यक्रम भारी संख्यामा युवा कुलतमा फस्दा पनि निकाय मौन

  • साउन ३१, २०८१
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३१ साउन अहिलेको अवस्थामा प्रायः युवाहरु विभिन्न कारणले लागुऔषधको कुलतमा लम्कने गरेको पाइन्छ । जसले उनीहरुको भविष्य त बिग्रीन्छ नै साथै परीवार समाज र सिंगों राष्ट्र माथी असर पर्नुका साथै आर्थिक रुपमा पनि कमजोर हुदै गएको देखिन्छन् । यसलाई नियन्त्रीत गर्न युवाको मात्र दायित्व न भईकन अभिभावक पनि तेतिनै जिम्मेवार र सचेत हुनु पर्ने आजको आवश्यत्ता छ।

हिजो अन्तराष्ट्रिय युवा दिवसलाई सप्ताह व्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत मुक्ति नेपाल द्वारा गोलबजार नगरपालिका ५ असनपुरमा युवा महिलापुरुष र उनीहरुको अभिभावक संग लागु औषधको परिचय, असर, लक्षण, र अभिभावकको दायित्व तथा कानुनी प्रवधान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न भएको हाम्रा सम्बादाता सन्जु कुमारी दासले बताएकी छिन। 

दासको अनुसार कार्यक्रममा लागु औषध के हो? यसको प्रयोगले मानव शरीरमा केकस्ता असरहरु पर्ने गर्छन? किन हामीले यसको प्रयोग गर्नु हुदैन? कानुनी प्रवधान के के छन् विषयमा विस्तृत रुपमा जानकारी गराउनुका साथै त्यहाँका युवा हरु र अभिभावक हरुमा यस प्रतिको बुझाईलाई आकलन गर्दै मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहले प्रस्ट पानु भएको थियो।

जसमा उमेर अनुसार लागु औषध सेवन गर्ने १५ वर्ष मुनिका १.४%, १५ देखि १९ उमेर समुहका १९.९%, त्यस्तै २०–२४ का सबै भन्दा बढी ३२.२%, ३०–३४ का १३.७%,र ३५–३९ उमेर समुहका ५.७% व्यक्ति यस्तो कुलतमा रहेको एक तथङ्कले देखाएको छ भने मुखले सेवन गर्ने लागु पदार्थ ४३% र अन्य जस्तै सुई र इन्जेक्सन बाट ५७ % रहेको बताउनु भयो जो एकदमै भयावह छन। त्यस्तै कार्यक्रममा सहभागि सुरज कुमार सिंहले हामीलाई यस्ता कुराको जानकारी अलिअलि मात्र थियो तर लागु औषधि सेवनले यस्ता किसिमका दीर्घकालिन र भयावह रोग लाग्न सक्छ भन्ने थाहा थिएन।अब देखि आफु सचेत हुनुका साथै हाम्रा साथीहरुलाई पनि यस्ता कुरामा सचेत गराउने छु र लागु औषध सेवनलाई निरुत्साहीत बनाउन अघि बढ्ने छु बताएका छन। 

त्यस्तै दीपिका सिंहले भने हामीलाई यो कुराहरुको जानकारी नै थिएन यस्ता पदार्थ सेवन गरे पछि मानवमा देखिने लक्षणहरु यदि हाम्रो समाजको कसैमा देखिएको छ भने हामी त्यसलाई कसरी त्यस्ता लत बाट जोगाउन सक्छौं भन्ने बाटो खोजी उनीहरुलाई यस्ता लत बाट जोगाउन सक्छौं बताएकी छिन। रुबी कुमारी सिंहले यस्ता पदार्थ सेवन गर्नाले हाम्रो स्नायु प्रणाली र प्रजनन् प्रणलीलाई बिगार्नुका साथै, मुटु र मृगौला सम्बन्धि रोग पनि लाग्छ र परिवार, समाजमा पनि असर गर्नुका साथै आर्थिक रुपमा कमजोर बनाउने गर्छ। त्यही भएर हामीयस्ता क्रियाकलापमा रोक लगाउन आफ्नै परिवार बाट सुरु गर्नु पर्छ भने कुरोमा जोड दिइन।

त्यस्तै अभिभावकको तर्फ बाट बिन्दु कुमारी सिंहले भनिन् कतै न कतै हाम्रो पनि कमजोरी छ हाम्रा बच्चाहरु यस्ता कुलतमा फस्न जान्छ । तर हामीले जति प्रयास गरे पनि यस्ता लतमा परि सकेको लाई बाहिर निकाल्न गाह्रो भई रहेको हुन्छ। त्यही भएर हामीले आफ्नो बच्चा कहां के गरी रहेको छ ध्यान दिनु पर्छ । यस्ता कुराहरु हामीलाई थाहै थिएन, यस्ता यस्ता औषधिहरु हुन्छ हामी कहिले देखेकै थिएन बताउदै अब देखि ध्यान दिन्छु र सचेत पनि गराउछु सहभागी सबैलाई सुझाएकी थिइन। वास्तवमा भन्नु पर्दा एउटा गैरसरकारी संस्थाले युवा बचाउन यतिको मेहेनत गर्दैछन यो एकदमै सराहनीय कार्य हो तर देशमा रहेको तिन तहको सर्बसम्पन्न सरकार यस सम्बन्धमा जानकार रहदारहदै माटो ग्राइभेल, सडक ढलान, मठमन्दिर बनाउनु बहेक कुलतमा फसेका युवाहरु बचाउन केहि नगर्नु भनेको देश बाट युवा सखाप पर्ने रणनीति त लिएको होइन महशुस भैरहेको बुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤