अन्तरक्रिया र सम्मान गरी मनाइयो २५औं अन्तराष्ट्रिय युवा दिवस

  • साउन २९, २०८१
  • ५१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ साउन । सिरहाको गोलबजारमा रहेको मुक्ति नेपाल नामक गैरसरकारी संस्थाले २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा +२ र एसइइ उतिर्ण गरेको किशोरीहरुको सहभागितामा शिक्षाको महत्व र सरोकार वालाहरुको भुमिका विषयक अन्तरक्रिया र संविधानमा भएको मौलिक हक अन्तर्गत बालबालिकाको हक र शिक्षाको हक बारे विस्तृत रुपमा जानकारी दिनुका साथै विद्यार्थिहरुको सम्मान गरी भव्यरुपमा दिवस मनाइएको जानकारी हाम्रा सहकर्मी सन्जु कुमारी दासले दिएकी छिन।

मुक्ति नेपालको आयोजनामा संचालित उक्त कार्यक्रम गोलबजार नगरपालिका वडा नम्बर ३ का वडाधयक्षको अध्यक्षतामा मुक्ति नेपालको शान्ति केन्द्रमा भएको थियो । सम्मानित हुने हरुमा गोलबजार नगरपालिका ४ मा रहेको श्री जनता बाल क्लब की अमृता साह र मन्दीप महरा ,एकता किशोरी समुह गोलबजार ३ निपानेकी सम्झना साह, कोपिला किशोरी समुह गोलबजार ३ निपाने की नविता साह र अंजली कुमारी साह, लक्ष्मी किशोरी समुह गोलबजार ५ की सन्तोशी सिंह दनुवार, लालीगुँरास किशोरी समुह सिरहा १२ सारस्वरकी गुंजा ठाकुर, कोपिला किशोरी समुह सिरहा ११ भलुआही की मनिषा साह, गरी ७ जना किशोरीलाई प्रशंसा पत्र र खादा ओढाई सम्मान गरी मनाइएको सन्चारकर्मी दासले बताएकी छिन।

सहभागी किशोरीहरुले विद्यालयमा शिक्षाको अवस्था र अन्य बाहिरी समस्याहरुले गर्दा पढाईमा कसरी असर परि रहेको छ विषयमा चर्चा परिचर्चा गरेकी थिइन। स्कुलमा कमप्युटर हुदा पनि हामीलाई कहिले पनि कमप्युटर ल्याब लगेन, स्कुलमा व्यवस्थापन समिति न भएकोले स्कुलमा भएको स्रोत साधनको राम्रो संग उपयोग गर्न पाउदैनौ, शौचालय छ तर डस्टबीन छैन, खाने पानीको पनि अभाव छ हामीले ल्याब पुस्तकालय र एस्तै अन्य साधनको उपयोग र फाइदा लिन सकी रहेको छैन । हामीलाई स्कुलमा राजनिति गर्ने नेता होइन हाम्रो शिक्षामा सहयोग गर्ने राम्रो पहुच बढाउने एउटा कुशल अभिभावक चाहिन्छ श्री सारस्वर नाथ मा.वि. सिरहाकी गुंजा ठाकुरले भनिन।

हामी स्कुलमा हुदा रजस्वला भएको बेला हाम्रो लागी नै आएको प्याड माग्न जादा प्याकेट बाट झिकेर एउटा दिन्छन। हामीलाई पैकेट नै दिनु हुन्न । हामीले पटक पटक माग्न लाज लाग्छ र प्याड फेर्न गाह्रो हुन्छ किनकी शौचालय छन् तर शौचालय भित्र डस्टबीन छैन, सरकार द्वारा ल्याएको योजना पिरीएड भएकै कारण स्कुलको पढाई बाट बालिकाहरु बंचित नहोस् भनी स्कुलमा निःशुल्क प्याडको व्यवस्था गरीएको थियो तर स्कुलको रबैयाले गर्दा हामी त्यस्तो अवस्थामा स्कुल न गई घरमा बसौ की लाग्न थालेको अमृता साह को गुनासो थियो।

हाम्रो समुदायमा प्रायः एसइइ वा +२ गरे पछि अभिभावकले विहे गरी पठाई दिने चलन रहेको छ । तर मुक्ति नेपालले गर्दा अब यो सोच र चलनमा परिवर्तन आएको देखिन्छ । अब किशोरीहरु आफै सचेत भई अभिभावक लाई पनि बुझाई आफ्नो लक्ष्य निर्माणमा अगाडी बढेको देखिन्छ । हामी संग शिक्षा भयो भने हामी जसरी भए पनि आफ्नो जिविको पार्जन राम्रो संग गर्न सक्छौं । तपाइ यस्तो शिक्षा प्राप्त गर्नुस् की जागिर खोज्न तपाइले जानु नपरोस् तपाईलाई जागिरले खोजोस् । गोलबजार ३ का वडाध्यक्ष धन प्रसाद लामाले भन्नु भयो।

त्यस्तै संविधानमा रहेको मौलिक हक सम्बन्धि प्रावधान विषयमा छलफल गर्दै मुक्ति नेपालको कार्यक्रम संयोजक धिरेन्द्र साहले आफ्नो अधिकार कतै कसै बाट हनन् गरेको पाइएमा हामीले आवाज उठाउनु पर्छ र हाम्रो हकको बारे हामीले जानी राख्नु पर्छ । युवा हाम्रो देशको बलियो स्तम्भ छन् । भोलीका कर्ता धर्ता तपाइहरुनै भए पछि आउदो भविष्य निर्माणका लागि आजै देखि शुरुवात गर्नु आवश्यक रहेको भन्दै युवाहरुको हौसलामा उर्जा थप्दै युवाहरुको उज्जवल भविष्यको कामनाका साथ कार्यक्रम सम्मपन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा ६० औँ राष् ...

संजु कुमारी दास लहान भदौ ३० । राष्ट्रिय नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी ...

दिघियामा नि:शुल्क स् ...

सप्तरी, २९ भाद्र । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन ...

समाचारकै कारण पत्रका ...

जनकपुरधाम । जनमत पार्टीकी प्रदेश साँसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१