ताजा समाचार

वीरगंज यातायातको ट्रायल सेन्टर ट्राफिक प्रहरीलाई कमाउ धन्दा

  • साउन २६, २०८१
  • ११८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २६ साउन । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाईसेन्स) शाखा वीरगंज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको लागि सुनको अण्डा दिने कुखुरा झै बनेको छ । यातायात कार्यालयको सवारी चालक अनुमतिपत्र शाखाबाट हुने ट्रयाल परीक्षामा ट्राफिक प्रहरीको विशेष भुमिका रहने गरेको छ । सो ट्रायल सेन्टरमा अकुत सम्पत्ति कमाइ धन्दा चल्ने गरेको कारण ट्राफिक प्रहरीहरु खटनेमा लालायित हुन्छन् । हाल सो ट्रायल सेन्टरको जिम्मा ट्राफिक बरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलले लिन सफल भएको बताईन्छ ।

जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा र ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटीलाई आफ्नो प्रभावमा पार्दै बरिष्ठ नायब निरीक्षक खकुरेल ट्रयाल सेन्टरको जिम्मा लिन सफल भएको समाचार स्रोतले जनाएको छ । श्रोतका अनुसार ट्रयाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकको सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाइ नै दिने गरिएको छ । ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक खकुरेलले ट्रयाल सेन्टरबाट उठने रकमको बिषयमा जानकार भएकै कारण उनी पावर र पैसाको बलमा ट्रयाल सेन्टरको जिम्मा लिने गरेको स्रोतको भनाई रहेको छ ।

ट्रयाल सेन्टरमा सहयोग गरेकै कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १५ प्रतिशत रकम भाग आउने गरेको स्रोतको भनाई रहेको छ । ट्रायल सेन्टरबाट आउने रकमबाट ट्राफिक प्रहरी निरीक्षक र प्रहरी उपरीक्षकको भागबन्डा प्रहरी बरिष्ठ नायब निरीक्षक खकुरेलले नै दिने गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ । यता ट्राफिक प्रहरीकै सहयोग र संरक्षणमा ट्रयाल सेन्टरमा हुदै आएको भ्रष्टाचारको बिषयमा ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटी संग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । “एनि हाउ पैसा कमाउ” अभियानमा लागेका पर्सा ट्राफिक प्रहरी माथि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सचेत नागरिकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤