सप्तरीका नाका तस्करीको अखडा

  • साउन २२, २०८१
  • ४९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन २२ । सप्तरीमा रहेका छोटी भन्सार नाकाहरू तस्करीको अखडा बन्दै गएका छन् । सशस्त्र प्रहरीको सेटिङमा अहिले सप्तरीका विभिन्न नाकाबाट तस्करी भैरहेको छ। छ नम्बर गणका एसपीले गणबाट परिचालन गरेका घुमुवाले तस्करीको लाइन चलाएका छन् । बिओपी सोरनपट्टीबाट केही तस्करहरूलाई तस्करीको लाइन दिएका छन् ।तस्करीको लाइन दिएकाहरूमा उमेश साह किराना , महिला समूह किराना , कपडा अनि कस्मेटिक, महेन्द्र साह , बिरेन्द्र यादव रक्सी र कपडा , धुरण साह कपडा , किशोर मण्डल कपडा , सियाराम साह कपडा , रामलाल मण्डल कपडा रहेका छन् ।

नेपालबाट चाइनिज सामान, सुपारी, लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स लगायतका सामानको भारत निकासी भईरहेको छ भने भारतबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ । छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो। उक्त नाकाबाट तस्करी सुरु भएको स्थानीय बताउँछन्। सप्तरीको अर्को नाका हो, हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा नाकाबाट दैनिक मदिरा तस्करी हुन्छ।

तस्करी फस्टाएको सप्तरीको अर्को नाका बेल्ही हो। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्। तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर छन्। सप्तरी स्थित छोटी भन्सार रहेका बनैनिया, पातो, रामनगर कोदरकट्टी र बेल्ही नाकाबाट तस्करी भइ माल सामानहरु सहजै नेपाल र भारत भित्रिने गर्छन । सप्तरी र सिरहाका सक्रिय केही तस्कर गिरोहले सशस्त्र प्रहरीको संलग्नतामा राती राती ठुलै सवारी साधन मार्फत नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ समान तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरु बताउँछन् । नेपालबाट भारत तर्फ तस्करीमा सिरहाका हरेराम यादव, प्रकाश गुप्ता र गोपाल गुप्ता रहेका छन् भने सप्तरीका मो. अजिज, सागिर मिया, ओम प्रकाश यादव लगायतको संगलन रहेको श्रोतले जनाएका छन् ।

यसरी सेटिगंमा भएको तस्करीले गर्दा नेपाल सरकारको ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको प्रति सुरक्षा निकाय लगायत सरोकारवालाहरूको ध्यानाकर्षण जानु आवश्यक रहेको जानकारहरू बताउँछन् । त्यसैगरी बिओपी पाती क्षेत्रबाट यिनै एसपी र घुमुवाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा तरूणदेव यादव कपडा , मनतोष राई किराना , जितेन्द्र राई किराना र कस्मेटिक , मनोज चौधरी कपडा , कमलेश साह हार्डवेयर र किराना , महेश राई , सुरेन्द्र राई रक्सी र रामविलास यादव कपडा रहेका छन् ।यता दुई पैसा बचाउने लोभमा सीमावर्ती बजारहरुवाट दैनिक उपभोग्य सामग्री ल्याउने आम सर्वसाधारणको झोला उपर गिद्ध दृष्टि राख्ने केही सुरक्षा निकाय, भन्सार कर्मचारीको कारण सर्वसाधारण हैरान भएको देखिन्छ । सप्तरीको सीमावर्ती नाका बनैनियाबाट पनि व्यापक तस्करी भैरहेको छ । 

रक्सीको काम गर्ने रामचन्द्र यादव ,फुदुर सिंह ,हनुमान यादव ,दिपक सिंह र बिरेन्द्र साह प्रमुख छन् । यिनीहरूले नेपालबाट भारतमा रक्सीको तस्करी गर्दै आएका छन् । त्यसैगरी भारतबाट नेपाल तर्फ किराना सामानको तस्करी गर्नेहरूमा राम्रो दास ,दिलिप मण्डल , अनिल यादव र परमानन्द मण्डल छन भने कपडाको तस्करी गर्नेहरूमा प्रेम साह , धनीलाल यादव र कपलेश्वरी देवी मुख्य रहेका छन् । सीमाको सुरक्षा र चोरी तस्करी नियन्त्रण गर्नका लागि सरकारले सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी दिएको छ तथापि सीमामा खटिएका सशस्त्र प्रहरी नै तस्करी गर्ने तस्करहरूसंग मिलिभगत गर्दै तस्करी धन्दा गराउन लागि परेका छन ।

सप्तरी जिल्लाको बनैनिया नाकाबाट हुने तस्करी धन्दालाई लिन सकिन्छ । सीमावर्ती नाकाका बिओपी तथा प्रस्तावित गुल्ममा खटिएका निरीक्षक तथा डिएसपीहरू नै चोरी तस्करी नियन्त्रण गर्न लागि पर्नुपर्नेमा उल्टो तस्करहरूसंग मिलि तस्करी गराउने गरेको प्रमाणहरू व्यापक बाहिरिन थालेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले यसरी खटिएकाहरूलाई एक बर्ष नराख्ने र ६÷६ महिनामा परविर्तन गर्ने नीति ल्याएका छन् । तर पनि चोरी तस्करी नियन्त्रण हुनुको साटो झनै यही ६ महिनामा कमाउने हो भन्ने सोचका साथ जानेहरू तस्करी गराउने र रकम उठाउने अभियानमा सक्रिय भएको देखिएको छ ।त्यसै कारण पनि तस्करी नियन्त्रण होइन बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा ६० औँ राष् ...

संजु कुमारी दास लहान भदौ ३० । राष्ट्रिय नारा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी ...

दिघियामा नि:शुल्क स् ...

सप्तरी, २९ भाद्र । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन ...

समाचारकै कारण पत्रका ...

जनकपुरधाम । जनमत पार्टीकी प्रदेश साँसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१