पोखरिया नगरपालिकामा बेतिथि बढदै, अधिकृत श्रीवास्तव मालामाल

  • साउन २०, २०८१
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २० साउन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकामा दशौं तह प्रशासन तर्फ (उपसचिव)को दरबन्दी भएतापनि स्वास्थ्य क्षेत्र तर्फका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले सो नगरपालिकामा भ्रष्टाचारको ताण्डव नै मच्चाईराखेको आरोप लाग्न थालेको छ । प्रशासन सन्दर्भमा अनुभव बिहिन रहेका अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्रीलाई भेटी चढाउदै आफ्नो म्याद गत अषाढ २७ गतेका दिन अर्को व्यवस्था नहुंन्जेलसम्मका लागि पुनः म्याद थप गराएको स्रोतले जनाएको छ । पोखरियामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि उनी नगर प्रमुख प्रद्युमन चौहानको आर्शिवादले करिब एक वर्ष देखि रजगज गरिरहेका छन् । 

भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तवले पोखरिया बजारको ठेक्का ठेक्केदार शिवनाथ साह तेलीले लिएकोमा सो ठेक्का गत असाढ महिनामा सकेपनि असाढ महिनामै साउन १ गते देखि लागु हुने गरी पुनः अर्को ठेक्का लगाउनु पर्नेमा अधिकृत श्रीवास्तवले सो नगरी ठेक्केदार तेली सँग आधा÷आधा लिने÷दिने गरी मौखिक आदेशमा असुली गर्न आदेश दिएको स्रोतको भनाई रहेको छ ।

ठेक्केदार तेलीले अधिकृत श्रीवास्तवको आदेश मान्दै साउन १ गते देखि नै माछा मासु, तरकारी, फलफुल लगायतका पसलहरु सँग आफ्नो असुली धन्दा जारी नै राखेको एक मासु व्यवसायीले यस अनलाईनलाई बताए । यतिमात्र कहाँ हो र, पोखरिया बजारको कृषि सेडमा करिब २४ वटा कोठा रहे पनि १२ वटा कोठामा सटर रहेको छ भने उपयोगमा सबै कोठा रहेको बताईएको छ । सो कृषि सेड सन्दर्भमा गत साल बिवाद हुँदा सर्वदलिय समितिले पोखरिया नगरपालिकालाई टेन्डरमा लगाउन आग्रह गर्दा प्रमुख प्रद्युमन चौहानको अध्यक्षतामा बसेको बोर्डको बैठकले टेन्डर निकाल्न निर्णय गरेको थियो, तर सो लाई पनि चतुर अधिकृत श्रीवास्तवले कार्यान्वयन नगरी सटरवाला कोठा सँग ७ हजार र बिना सटरवाला कोठा सँग मासिक ५ हजारको दरले असुली गर्दै हालसम्म ठेक्का नलगाएको स्रोतले जनाएको छ । 

सो सटरहरुमा बसको टिकट काटने काउन्टर, होटल, फलफुल र तरकारी लगायतका पसलहरु रहेका छन् । पोखरिया नगरपालिकाको कर्मचारीहरुले करिब ६ महिना देखि तबल नपाएर छटपटिदै छन् भने सो नगरपालिकामा आउने आम्दानीमा अधिकृत श्रीवास्तवले रजगज गरिरहंदा नियमनकारी निकायको मौनताले उनी “दिन दु गुना रात चौगुना” भ्रष्टाचार गर्नमा तल्लिन देखिएका छन् ।

पोखरिया नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्रीवास्तवले सम्हाले देखि भ्रष्टाचारको बेतिथि बढदै गएको घाम जस्तै छर्लङ्ग रहेको छ । श्रीवास्तवको भ्रष्टाचारमा सहयोग गर्ने उनका रक्सी पार्टनर जिन्सी प्रमुख मनोज साहको प्रमुख भुमिका रहदै आएको स्रोतको कथन रहेको छ । श्रीवास्तवको गयल हाजिरीको सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रले कारवाही प्रक्रिया अगाडि बढाईरहेकोमा सो सन्दर्भमा केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाई छानबिन गरी राय सहित पत्र पठाउन भनेतापनि हालसम्म प्रशासन कार्यालयले पत्र नपठाएको स्रोतले जनाएको छ ।

सो छानबिनबाट आफुलाई बचाई दिन भन्दै अधिकृत श्रीवास्तवले लाखौं लाख दिई बिचौलियाहरु परिचालन गरेको तर प्रशासनले आफ्नो कर्तव्य र दायित्वबाट पछि नहटदा शुक्रवार १८ गतेका दिन अधिकृत श्रीवास्तव आफ्ना सहयोगी जिन्सी प्रमुख मनोज साहलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी हारगुहार गर्दा कुनै उपाय नलागेको समाचार स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१