ताजा समाचार

प्रमुख गौतमको निर्देशनमा वीरगंजमा लाईसेन्स किनबेंच सुरु, शम्भु गुरुङ्गको कारण कार्यालय बदनाम हुँदै

  • साउन १८, २०८१
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज १८ साउन । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजले बिहिवार देखि लाईसेन्स (अनुमति पत्र) को किनबेंच सुरु गरेको समाचार प्राप्त हुन आएको छ । बिहिवार भएको A, K, B, C, C1 र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरुले परीक्षा दिएकोमा ५७० जना पास भएका छन् । जसमध्ये १७५ जना परीक्षार्थीहरुले आफ्नो क्षमताले लेखेर पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरुलाई रकम लिएर पास गराईएको समाचार स्रोतको कथन रहेको छ । मोटरसाईकलको परीक्षार्थीहरु सँग जनही १० हजार, कारको परीक्षार्थीहरु सँग १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरु सँग १३ हजारको दरले रकम लिई परीक्षा समितिले पास गराएको ती स्रोतको कथन रहेको छ ।

सवारी चालक अनुमति पत्र शाखा वीरगंजका ड्राईभर शम्भु गुरुङ्गले असुलीको धन्दामा विशेष भुमिका निर्वाह गर्दै गरेको कारण सो कार्यालय दिनप्रतिदिन बदनाम हुदै गएको जो कोहीले पनि सजिलै बताउन थालेका छन् । चितवन जिल्ला निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई दाई महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफुलाई करारको ड्राईभरमा नियुक्ती लिन सफल भएका थिए । गुरुङ्ग ड्राईभरको नियुक्ती लिए पनि उनको मुख्य काम बिचौलियाको रहदै आएको घाम जस्तै छर्लङ्ग रहेको छ । उनी कार्यालयको प्रमुख हुन कि कार्यालय सहयोगी ? प्रायःलाई ठम्याउन गा¥हो हुदो रहेको सेवाग्रहीहरु नै बताउंदछन् ।

किनभने जो सुकै कार्यालय प्रमुख आए पनि सवारी चालक अनुमति पत्रमा सेवाग्रहीहरुबाट आएको घुसको असुलीको रकम व्यवस्थापन गर्ने देखि लिएर मुख्य काम गुरुङ्गले नै गर्ने गरेको जानकारहरु बताउंदछन् । उनले आफ्नो वर्चश्व जमाउनैकै निमित्त आफ्नो नातामा पर्नेहरु चितवन निवासी संदिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक, धरान जिल्ला निवासी सुमन मगर लगायतकालाई करारमा नियुक्ती दिलाई कार्यालयलाई कब्जा गरेर करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिन्छ । होईन भने, गोरखा र धरानबाट किन मान्छे ल्याउनु प¥यो ? शम्भु गुरुङ्गकै असहयोगका कारण निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी आफ्नो सरुवा आफै माग गरेर वीरगंजबाट सरुवा भएका हुन् ।

बितेको जेठ महिनामा सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं हजार परीक्षार्थीहरुलाई रकमको बलमा पास गराई करिब ५० करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ । कुन नियमनकारी निकायलाई कति र कहाँ के गर्नु पर्ने हो, सो को मुख्य भुमिका ड्राईभर शम्भु गुरुङ्ग नै गर्ने भएकोले उनको आम्दानी अथाह रहेको स्रोतको कथन छ । निवर्तमान प्रमुख रेग्मी अस्वस्थ्य हुंदा ड्राईभर गुरुङ्गले एकलौटी मनमौजी फाईदा लिई रेग्मीलाई असहयोग गरेकै कारण उनी बाध्य भएर आफ्नो सरुवा आफै मागी रवाना भएको कार्यालयमा चर्चा हुने गरेको कार्यालय स्रोतले जनाएको छ । वर्तमान कार्यालय प्रमुख कमल गौतम सवारी चालक अनुमति पत्र शाखा वीरगंजको मज्जा चाखिसकेको हुनाले ड्राईभर शम्भुकै सहयोगमा गौतम पुनः वीरगंजको प्रमुख बनेर आएका छन् ।

सवारी चालक अनुमति पत्रको आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकमहरु नियमनकारी निकाय र कार्यालयको कर्मचारीहरुको भागमा पर्ने गरेको स्रोतले जनाएको छ । लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भुमिका रहने गरेकोले प्रहरी निरीक्षक खतिवडाले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई “तै चुप , मै चुप”को अवस्था सृजना गरेको कारण खतिवडालाई १५ प्रतिशत भाग जाने गरेको कार्यालय सम्बद्ध स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤