ताजा समाचार

निः शुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्मपन्न

  • साउन १५, २०८१
  • १२०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ साउन मुक्ति नेपाल गोलबजारको पहल र सहकार्यमा सिरहा ११ भलुवाही स्वास्थ्य चौकीको समन्वयमा हिजो सिरहा नगरपालिका १०, ११ र १२ की १३ जना महिलाहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरी उचित परामर्श दिनुका साथै जाँच गरीएको छ। मुक्ति नेपाल द्वारा संचालित कार्यक्रमहरु अन्तर्गत विभिन्न वडामा रहेको महिला समुहहरु बाट र घर दैलो कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन असमर्थ रहेको र समस्यामा परीरहेको महिलाहरुको पहिचान गरी उनको स्वास्थ्य जाँचका लागि पहल गरेर उनीहरुको स्वस्थ्य भई बाच्न पाउने अधिकारलाई सुनिश्चिित गरेको छ । स्वास्थ्य जाँच गराउनेमा प्रायः बाल विवाह भई सानै उमेरमा बच्चा पाएको आमाहरु २० देखि ४० वर्ष उमेर समुहका रहेको हाम्रा सम्बादाता सन्जु कुमारी दासले बताएकी छिन।

सम्बादाता दासको अनुसार उनीहरु मध्ये धेरैको सामान्य स्थिति रहे पनि चार जनामा पहिलो अवस्थाको सर्भिस इनफेक्सन देखिएको छ भने बाँकी लाई अस्पतालमा उपलब्ध औषधि दिएर पठाएका छन । इन्फेक्शन भएको महिलाहरु उपलब्ध औषधीका साथै केही बाहिर बाट किन्ने औषधि लेखेर दिइ पठाइएको र फलो अप का लागि पनि समयमा संस्थाले बोलाउने भएका छन। सिरहा ११ स्वास्थ्य चौकी प्रमुख प्रदीप नारायण ठाकुरले यस्ता इन्फेक्शन बाट जोगिन सरसफाईमा एकदमै ध्यान दीनु पर्ने हुन्छ , र समय समयमा चेक जाँच गराई राख्नु पर्दछ भनी समेत बताएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤