वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने सुनौलो अवसर

  • साउन २, २०८१
  • ६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरिएको हो । ईयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न वृहत युवा संलग्नतालाई प्रवद्र्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रुपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले विश्वास व्यक्त गरे ।

अध्यक्ष मिश्रले यस अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरण प्रति सचेतना बढाउने लक्ष्य राखेको बताए । परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान र्पुयाउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्नु रहेको बताए । परियोजना सञ्चालिन बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एक एक जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवालाई छनौट गरिनेछ ।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट भएका युवाहरुलाई आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाड्ललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन् ।

उनीहरुले दिगोपनका सिद्धान्तहरूलाई सुनिश्चित गर्दै प्रभावकारी रूपमा आफ्नो समुदायमा मूर्तकार्यहरूमा परिणत गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नेतृत्वदायी भूमिका निर्वाह गर्दै वातावरणीय रूपमा जिम्मेवार नागरिकहरूको एक पुस्ता निमार्ण गरी सबैका लागि राम्रो, थप दिगो भविष्य सिर्जना गर्न प्रतिबद्ध हुनेछन् । फारम भर्नका लागि

लगइन गरी विस्तृत जानकारी लिन सकिन्छ । ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१