ताजा समाचार

घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो बेल्ही र भगवानपुर

  • साउन २, २०८१
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव ( निरज ) लहान ०२ श्रावण । सिरहाको सिमावर्ती क्षेत्रमा घुमुवा प्रहरी प्रयोग गरि खुल्लेयाम अबैध सरसमान तस्करी भैरहेको छ । नेपाल प्रहरीले घुमुवा प्रयोग गरि तस्करीसंग पैसा खाएर लाखौ लाखको प्रतिवन्धित सरसमान भारतदेखि नेपाल भित्राउने गरेको प्रमाण फेला परेको छ नेपाल प्रहरीको घुमुवासंग मिलेमतोमा बेल्ही र भगवानपुर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करहरुसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । 

तस्करहरुसँग असुलीका लागि अस्थाई प्रहरी चौकी भगवानपुरले, घुमुवा संतोस कुमार साहलाई राखेको छ जस्को प्रमाण सहित एक पत्रकारले यस्तो तस्करी किन गराउनु भएको भन्दा उल्टै धम्काई खानु परेको छ र साथै हामी यहा आउनुभन्दा पहिले नै माथि पैसा घुस दिएर यता आएको हु भनि  घुमुवा साहले धम्कि सहित दिएका छन्  । त्यस्तै  ,प्रहरी  चौकी बेल्हीका घुमुवाले सहित तस्करहरूसंग असुली गरिरहेका छन्  ।

कानूनतः घुमुवा प्रहरी परिचालन गर्न पाइँदैन । तर, भगवानपुरमा नेपाल प्रहरीले सूचना संकलनका नाममा घुमुवा प्रहरी परिचालन गरी असुली गर्दै आएका छन् । नेपाल प्रहरीका घुमुवाले यौनधन्दा चलाउने  होटलदेखि तस्करहरुसँग असुली गर्छन् । भारतबाट बेल्ही हुदै भगवानपुर नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ती हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमा क्षेत्रमा तस्करहरुले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤