ताजा समाचार

अमरपट्टि नाका तस्करहरूको अखडामा परिणत, सम्बन्धित निकाय मौन

  • साउन १, २०८१
  • १४१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज १ श्रावण । प्रहरी प्रधान कार्यालयका प्रमुख आइजिपी वसन्त बहादुर कुवरले चोरी तस्करी नियन्त्रण गर्न आफू कुनै कसर बाकी नराख्ने दाबी गरिरहेकै बेला अमरपट्टि नाकाबाट व्यापक रूपमा तस्करी बढेको पाइन्छ । आइजिपी वसन्त बहादुर कुवरले मुलूकको अर्थ तन्त्रलाइ निहाल्दै अबैध तरिकाले नेपाल भित्रिने मालसमान नियन्त्रण गर्ने योजना अन्तर्गत जिल्ला प्रहरी प्रमुखहरूलाइ निर्देशन दिएको बताइरहेकै बेला पर्साको ग्रामिण नाकाहरूबाट तस्करी तिब्र रूपले अगाडी बढेको पाइएको हो ।

पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने अमरपट्टि नाका हालको समयमा तस्करहरूको अखडामा परिणत भएको पाइन्छ । अमरपट्टि नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त मिलोमतो र आर्थिक प्रलोभनका कारण तस्करी तिब्र रूपले अगाडी बढेको बताइन्छ । प्रहरीको आर्थिक मिलोमतो मात्र होइन, केही आर्थिकका कारण तस्करीको मालसमान स्कटिङ्ग समेत गर्ने गरेको स्थानीय बताउछन ।

प्रहरी चौकी अमरपट्टिका प्रमुख प्रहरी नायब निरीक्षक रन्जन सिंहले तस्कर समूह सङ्ग मासिक रूपमै नजराना मात्र बुझेका छैन्न, प्रती दिन तस्कर समूह सङ्ग थप रकमको प्रलोभन परि तस्करीका मालसमान ओहर दोहर गराउने गरेको विभिन्न घटनाहरूले प्रमानित गरेको छ । केही दिन अगाडी मात्र सशस्त्र प्रहरीको टोलिले बर्वा भन्ने ठाउमा तस्करीको मालसमान राखेको गोदाममै छापा हानेर तस्करीको मालसमान बरामद गर्नुको साथै नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको चल्ला पटक पटक सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

अमरपट्टि नाकामा पटक पटक नेपाल भित्रयाइरहेको मालसमान सशस्त्र प्रहरीले बरामद गरेको घटना बाहिर आउन थालेपछी स्थानीय प्रहरी चौकिको मिलोमतो हुने गरेको बारे प्रष्ट पार्दछ । तर आफ्नो पहुच र वर्दीको फाइदा उठाउदै अमरपट्टि नाकालाई कमाइ खाने थल्लोको रूपमा प्रयोग गर्ने गरेतापनी सम्बन्धित निकायको मौनताले ठुलै शंकाको घेरामा जान पुगेको स्थानीयहरू दुखेसो पोख्छन ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले सीमाको सबै नाकामा निगरानी बढाउन आदेश दिनुको साथै ग्रामिण भेगहरूमा कुनै अप्रिय घटना हुन नदिन जिल्लाबाट समेत टोलि परिचालन गरेतापनी तस्करी रूक्न सकेको छैन । सीमामा खटिने प्रहरी आफ्नै माथिल्लो तहको आदेशलाइ अवहेलना गर्दै तस्करी कार्य चलाउनुले प्रहरी संगठन भित्रै चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤