लागु औषध सहित मानिस पक्राउ

  • असार २३, २०८१
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असार । गएको १६ असार अन्दाजी १९:००बजेको समयमा इलाका प्रहरी कार्यालय लहान मातहतका इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटी गएको प्रहरी टोलीले जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा.५ स्थित लहान ठाडी सडक खण्डमा चेकजाँच गर्ने क्रममा जेब्रा झोला बोकी आएका जिल्ला सिरहा भगवानपुर २ बस्ने राजदेव मुखियाको छोरा बर्ष २९ को सुरेश मुखियाले बोकी आएको जेब्रा झोला चेकजाँच गर्दा सो जेब्रा झोला भित्र रहेको ४ वटा कालो पोलिथिनमा पोका भित्रबाट निम्न परिणामको लागु औषध फेला परेकोमा बरामद गरी निजलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन। बरामद भएका लागुऔषध निम्न बमौजिमका रहेका छन नाईट्राभेट ट्याबलेट २० पत्तामा ६०० वटा डाईजीपाम लेखिएको ईन्जेक्शन ८१ एम्पुल फेनारगन लेखिए‌को ईन्जेक्शन ८४ एम्पुल केही नलेखिएको इन्जेक्शन ७८ एम्पुल नुफिन लेखिएको स्टीकर ३ पत्तामा ६३ थान स्टिकर रहेको छ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१