सिरहामा प्रहरी कार्यालयकै अगाडिबाट भयो डकैती ,लाखौं लुटियो

  • असार १८, २०८१
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा १८ असार  ।  सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ मा इलाका प्रहरी कार्यालय नरहाकै अगाडिबाट लाखौको चोरी डकैती भएको छ । आइतबार राती करिब साढे एघार बजेको समयमा डाकाहरुको एक समुहले घर बाहिर लागेको ग्रील टोड्दै घर भित्र प्रवेश गरि लाखौको जिन्सी समानहरु हतियार देखाई लुटपाट गरिएको हो । आइतबार राती करिब साढे एघार बजेको समयमा हात र गलामा लगाइएको लाखौंको सुन चाँदीको गहना सहित हातहतियार देखाई नकाबधारी डाकाहरुले लुटेर लगेको ७५ बर्षिय बृद्ध शुशिला देबि यादवले बताईन ।

वृद्धका अनुसार बाहिर कति जना थियो देखिन्न तर आफू रहेको घर भित्र ५ जना नकाबधारी डाकाहरुले प्रवेश गरि आफूले कानमा लगाएको सुनको लोइर आठ अना, हातमा लगाएको चाँदीको अठार भरी चुरा अन्य ज्वेलर्सहरु सहित करिब तीन लाख बराबरको समानहरु लुटेर लगेको बताइन् । डाकाहरुले घटना गरिरहेको अबस्थामा आफ्नो छोराले घर बाट चालीस मिटरकै दुरिमा रहेको इलाका प्रहरि कार्यालय नरहाका प्रहरिलाई फोन गरेपनि प्रहरीले समयमै आइएन ।

प्रहरी कार्यालय अगाडी नै चोरी डकैती भएपछि आफुहरु मात्रै होइन गाउँका आम मानिसहरू पनि भयभित भएका उनले बताइन । सिरहा जिल्लामा चोरी र डकैती देखि मानिस त्रसित भएका छन । सिरहामा दिन प्रतिदिन बढदै गइरहेको अपराधजन्य घटना चोरी डकैतीलाई निरुत्साहित कस्ले गर्ने चिन्ताको बिषय बनेको स्थानीय बुद्धिजीवी रामकुमार यादवले बताए । यश बिषयमा नरहा प्रहरीलाई सोध्दा चोर डाकाहरुलाई खोजतलास गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

गाउँपालिकाले आफु खुस ...

रंजित चौरसिया  बारा ३० असाढ। स्थानिय तहमा निर्वाचित भएका पालिका प्रमुखहरु पालिकामा आएको सम्पुर् ...

मधेश प्रदेशका संघसंस ...

दोहा : नेपाली दूतावास कतारका राजदुत डा. नरेश बिक्रम ढकाल लाई सम्मान सहित बिदाई कार्यक्रम सम्पन्न गरि ...

कुलतमा फसेका युवा द् ...

रहमुल लहान २९ असार । देशका माहौल उथलपुथल भएसंगै तराई मधेशमा हालको अबस्था हेर्दा कुलतमा फसेका कि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१