ताजा समाचार

राजनितिक आडमा लुटको सामराज्य चलाउँदै क्याम्प प्रमुख किशोर साह

एक दशकमा करोडौ रकम घोटाला गरेको खुल्लासा

  • असार ९, २०८१
  • १३१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मुकेश कुमार यादबसिरहा ९ असार। सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य वाहिरीएको छ। क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरीएको हो। उनले क्याम्पसकै केही प्रध्यापकलाईसमेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको सामराज्य एकक्षत्र चलाई रहेका छन्।

No description available.

उनले एक जना विद्यार्थीसँगमात्र क्याम्पससभाले तोके भन्दा वार्षिक चार हजार पाँच सय देखि ६ हजार पाँचसय सम्म बढी रकम लिने गरेको छ। यसैगरी एकजना विद्यार्थीको रकम हेर्दा सामान्यजस्तो देखिएपनि विद्यार्थी सङ्ख्यामा यसलाई गुनण गर्नेहो भने यसको परीणाम करोडौंमा हुन जान्छ। क्याम्पसले बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९÷०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। सोही अवधिमा विद्यार्थीसँगभने उनले १६ देखि १८ हजारसम्म लिने गरेको पाइएको हो।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९÷०८० मा एक हजार चार सय ७५ जना विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थीसंख्या र उनले असुली गरेको बढी रकमकोमात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमामात्रै करिव ६६ लाख देखि ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ। त्यसैगरी, आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार तीन सय ७ जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको छ। यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०÷०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ। 

यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको छ। सर्वसाधारणले पनि नाङ्गो आँखाले देख्नेगरी क्याम्पस प्रमुख साहले करोडौं रकम गोलमाल गरेको देन्छि। जुन विद्यार्थीसँग असुल गरेर क्याम्पसको कुनै हिसावमा उल्लेख नै गरेको छैन। थेशिस लेखीदिने नाममा एक दशकमा करिव २ करोड भन्दाबढीको घोटाला क्याम्पस प्रमुख किशोर साहले स्नाकोत्तरका विद्यार्थीहरुसंग थेशिस लेखीदिने भन्दै आफनो कार्यकालमा करिव २ करोड भन्दा बढी रकम घोटाला गरेको पाइकोएको छ । उनले स्नातकोत्तरका विद्यार्थीसँग थेशिसबापत पनि ठूलो रकम हिनामिना गरेको पाइएको हो। 

क्याम्पस प्रमुख साहले प्रति विद्यार्थी ३० देखि ५० हजारसम्म असुल्ने गरेको विद्यार्थीहरु नै बताउँछन्। क्याम्पसले सार्वजनिक गरेको विद्यार्थीसंख्याको आधारमा तीन वर्षको अवधिमामात्र दुई सय ३४ जना विद्यार्थीले स्नातकोत्तर गरेको देखिन्छ। समग्रमा प्रति विद्यार्थी ३५ हजारका दरले उनले दिएको प्रतिवेदानको आधारमा मात्र तिन वर्षका हिसाव जोड्दा पनि ८१ लख रकम असुलि गरेको देखिन्छ। यसले विद्यार्थीहरुले आर्थिक मार त वेहोर्नु परेको छ नै उनीहरुको शिर्जनशिलता, विषय खोेजी गर्ने शिपको क्षय तथा विषय विज्ञताको विकासमा पनि कमी हुने जानकारहरु बताउँछन्। थेशिस विद्यार्थीले आफ्नो विषय विज्ञताको लागि गर्ने शोध हो तर यहाँ क्याम्पस प्रमुखले चन्द पैसाको लोभमा यसमा पनि विद्यार्थीलाई अडचन लगाउने गरेको तथ्य बाहिरीएको छ। 

कुनै विद्यार्थी आफैले मेहनत गरेर थेशिस लेखेर ल्यायोभने पास नगरिदिने, विभिन्न बाहानामा अलमल्याउने, पैसा मागेर दुःखदिने गरेको विद्यार्थीको गुनासो छ। एक विद्यार्थीले आफैले तयार पारेको थेशिस क्याम्पस प्रमुख साहलाई पछिल्लो ९ महिनाको अवधिमा ४ पटक बुझाउँदा पनि नहेरिदिएको हामीसँग दुखेसो पोखे। ती विद्यार्थीले भने, ‘मैले क्याम्पस प्रमुख साहलाई ९ महिनाको अवधिमा ४ पटक थेशिस प्रिन्ट गरेर दिए। सोही अवधिमा उनले क्याम्पस प्रमुख साहको इसेवामा दुई पटक १५÷१५ का दुरले ३० हजार गरेर बुझाए। तर, अहिलेसम्म थेशिस हेरीदिएको छैन। 

साहले विद्यार्थीसँग थेशिस वापत लिने गरेको रकमको हिसाव समेत वर्षिक प्रतिवेदनमा कहि कतै उल्लख छैन। यसले यो सव रकम उनले हजम गरेको पुष्टि हुन्छ। अन्य किनमेलामा पनि साहमो एकलौटी प्रवृति रहेको छ। उनले क्याम्पसको नाममा विभिन्न सामान खरिदगर्दा सञ्चालक समितिलाई समेत पछिमात्र जानकारी हुने समितिका एक सदस्यले बताए। उनले भने, ‘हामीलाई केही सामान किन्दा कुनै जानकारी नै हुँदैन। किनेर ल्याईसकेपछिमात्र हामीले जानकारी पाउँछौं। खरिद प्रकृयापनि अपादर्शी छ।’

सवैभन्दा घतलाग्दो विषय हजारौं विद्यार्थीङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापालसमेत छैन। एकजना पुस्तकालय हेर्न भनेर न्यूक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्नेकाम गर्छ। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्। 

यस विषयमा क्याम्पस संचालक समितिका अध्यक्ष सूर्यमान लामासँग प्रतिकृया माग्दा उनले यस विषयलाई पुष्टिहुनेगरी क्याम्पस प्रमुख साहको केही कमजोरीहरु रहेको बताए। उनले भने, ‘क्याम्पस प्रमुख साहको केही कमजोरीहरु पनि छन्। तर, उहाँ राम्रो मान्छे हो।’ क्याम्पस प्रमुख साहसँग प्रतिकृया लिनखोज्दा उनले भेटेरै कुरा गर्रौं भन्ने। भेट्दा तपाईहरु मेरो विरुद्धमा लाग्नु नै भएको छ, जे मनलाग्छ त्यहि लेख्नुस् भन्दै ओठेजवाफ दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤