Siraha Times
ताजा समाचार

विद्यालयको सुधार पहिलो प्राथमिकता:- अध्यक्ष चतुर्वेदी

  • असार २, २०८१
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाह द्वारा समुद्घाटन गरिएको छ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवाला ले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिका बाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने बताए। 

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आ आफ्नो स्तर बाट पहल गर्नु पर्ने बताए।  समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खा हरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए।  कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वृजेश कुमार चतुर्वेदीले आफू विद्यालयमा आए देखि शैक्षिक गुणस्तर बढाउन प्रयास गर्दै आएको तथा शिक्षक, अभिभावक र समुदायको सम्बन्ध राम्रो बनाउन हरेक सम्भव प्रयास गर्दै आएको बताए। 

उक्त ६ कोठे भवन २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बाट ४५ लाख तथा २ बर्षमा कृष्णनगर नगरपालिका बाट ४१ लाख रकम बाट सो भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले जानकारी दिए।  कार्यक्रममा नगर उप प्रमुख आरती देवी चौधरी, बालजी श्रीवास्तव, प्रहलाद चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक, विद्यार्थी, समाजसेवी तथा स्थानीय लगाएतको उपस्थित रहेको थायो।  विद्यालयका सहायक प्रधानाध्यापक बब्बु कुर्मीले कार्यक्रम संचालन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१