वेवारिसे अवस्थामा सामानहरु बरामद

  • जेठ ३२, २०८१
  • ६०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेठ ३१ । प्रहरी गस्ती तथा पिकेट डिउटीको क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ भन्सार छलि गरी ल्याईएका र वेवारिसे अबस्थामा रहेका सामानहरु बरामद गरी भन्सार कर्यालयमा बुझाएको छ। २०८१।०२।३१ गते अं.१२:०५ बजेको समयमा जिल् प्रहरी कार्यालय सिरहाबाट प्र.उ.रमेश पण्डितको कमाण्डमा खटिएको अनुगमन टोलीले जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं.१ नीम चौक स्थितमा स ५ प ४६२० नम्बरको मोटरसाईकलमा ल्याउदै गरेका सर-सामानहरू प्रहरी टोलीलाई देखी मोटरसाईकल सहित फाली मानिस फरार भएको र सोही स्थानमा यात्रुवाहक बस रोकी चेकजाँच गर्दा उक्त बसमा भन्सार छली गरी ल्याउदै गरेका खाद्यान्न र किरानाको सर- सामानहरु बेवारीसे अवस्थामा रहेका हुदा उक्त सरसमानहरुको अन्दाजी मुल्य.रू.३,६५,०३०/- बराबरको सामान बरामद गरी मोटरसाईकल सहित नियन्त्रणमा भन्सार कार्यालयमा बुझाउईएको छ ।

मिति २०८१।०२।३१ गते अ.१३:१० बजेको समयमा जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. ५ कुसण्डी स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध रुपमा नेपाल तर्फ भन्सार छली गरी भित्राई लुकाई छिपाई राखेको २० बोरा धान (७०० के.जी.) अ.मु.रु. २६,६००।- (छबीस हजार छ सय) बराबरको धान बरामद गरी भन्सार कार्यालयमा बुझाउने पहल भईरहेको छ । तस्तै मिति २०८१।०२।३० गते अं. १५:३० बजेको समयमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १ स्थित वडा प्रहरी कार्यालय सिरहा र जि.प्र.का. सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले यात्रुबाहक बसलाई चेकजाँच गर्दा चिनी ३ बोरा,सर्टको कपडा ७ थान, कुर्थाको कपडा ११ रोल, चामल ३ बोरा, धोती १ बण्डल, खानेतेल २० प्याकेट, डियु ९ बोतल गरी अं.मु.रु. ७५,२५०० बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरी भन्सार कार्यालयमा बुझाईएको। मिति २०८१।०२।३० गते अं.०८:०० बजेको समयमा जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ४ गणेशपुर चौक स्थित भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा जि.प्र.का. सिरहाबाट खटीएको प्रहरी टोलीलाई देख्न साथ सामान फाली मानिस फरार भएको उक्त सामान आलु ५० के. जी.अं.मु.रु.२,५००/-, डिउ ४ काटुन अं. मुं.रु.६,०००। र टनाटन कुरकुरे अं.मु.रु.२,०००।- गरी जम्मा रु.१०,५००/- बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको।

५) मिति २०८१।०२।३० गते अं. बजेको समयमा जिल्ला सिरहा अर्नमा गाउँपालिका १ महनौर पाल टोल स्थित स ४ प १८९८ नं. को मोटरसाईकलमा रेडिमेनट कुर्था सुरुवाल १२ थान र साडी २५ थान अं.मु.रु. ५१,२००० बराबरको भन्सार छलीका सर-सामानहरु लिई जादै गरेको अवस्थामा स्थानियले देखी चोर हो भनी हो-हल्ला गर्दा मोटरसाईकल र सामान छाडी चालक र पछाडी सवार दुवै जना भागने क्रममा ऐ.ऐ. स्थित रहेको आँपको बगैचामा मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा सिरहा न.पा. २९ लकडिगोठ बस्ने अं. बर्ष २० को राम ईश्वर साह लाई पक्राउ गरी राखेको र मोटरसाईकल चालक फरार भएको भन्ने ऐ. ०७:३० बजे खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय अर्नमा सिरहाबाट प्रहरी टोली खटी गई निज राम ईश्वर साह लाई मोटरसाईकल र सामानहरु सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको। जम्मा अं.म.रु. ५,२८,५८०/- रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

काँग्रेस कम्युनिस्टक ...

कार्तिक ३ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्टका कार ...

पालिका स्तरीय ने.बि. ...

रहमुल लहान ३ कार्तिक सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ आ.बि. महदेवामा ने.बि संघ जिल्ला कार्यसमित ...

अल्ट्रा अभियानले मकव ...

रंजित चौरसिया,वीरगंज १ कार्तिक । पर्सा जिल्लाका स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा बिगत लामो समय देख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१