Siraha Times
ताजा समाचार

कृष्णनगरमा सुरक्षा निकाय, प्रशासन संग क्वारेन्टाईन समन्वय बैठक

  • जेठ २९, २०८१
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, जेष्ठ २९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, प्रशासन, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि समन्वय बैठक सम्पन्न भएको छ। पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका डा. भक्त गैरेले गरेका थिए।

कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फैलाउने जस्ता महत्वपूर्ण कुराहरु उठान गरिएको थियो। कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रमुख डा.दयाराम चौधरीले सहजीकरण गरेका थिए।

कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख बाबुराम अर्याल,भन्सार कार्यालय कृष्णनगर प्रमुख मान बहादुर पौडेल, सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइराला, इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, इलाका प्रहरी कार्यालय गणेशपुर प्रमुख प्रहरी निरिक्षक दिवाकर रिजाल, इलाका प्रहरी कार्यालय बहादुरगंज प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक शिव ओली, अस्थायी चेक पोस्ट लिंकगेट प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र पोख्रेल,पशु क्वारेन्टाइन भैरहवाकी प्राविधिक स्नेहा गुरूङ , पशु क्वारेन्टाइन भैरहवाका डा. भक्त गैरे, प्रशांत पोख्रेल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, व्यापारी, भन्सार कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१