ताजा समाचार

कञ्चनरुपको लजमा एक युवक मृत भेटियो

  • जेठ २२, २०८१
  • ४७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर ,२२ जेठ  सप्तरीको कञ्चनरुप नगरपालिका -८ स्थित बेरियरमा रहेको एक लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ।  धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर १ निवासी  करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर -९ मा मृत भेटिएको हो ।   लज संचालकले जानकारी गाराउन साथ घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर  झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ । सोमबार (हिजो) दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए ।    “सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने आएन”,होटल संचालक साहीले भने, “मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो । पटक – पटक कोठा खोल्ने प्रयास गरेपनी भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएँ ।” “अनि प्रहरीले ढोका खोल्दा कार्की पंखामा झुन्डिएको अवस्थामा देखियो”  उनले भने । लासको सर्जिमिन मुचुल्का लगायतका कार्य स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरि सकिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।  घटना बारे थप अनुसन्धान भइरहेको तथा शव परिक्षणका लागि राजविराज स्थित  गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाइएको उनले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤