ताजा समाचार

एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल

  • जेठ २१, २०८१
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , जेठ २१ ।  उद्योग वाणिज्य संघ कृष्णनगरले  आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन  ।  कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि  , समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन ।      छलफलका क्रममा अधिकांश वक्ताले नया कार्यसमिति चयन सहमति  मै गर्न सुझाव दिएका थिए ।   

देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए । 

दुई बर्ष काेराेना लकडाउनका कारण पांच बर्षसम्म लम्बिएकाे  वर्तमान कार्यसमितिले व्यापारीका हकहितमा वकालत गर्ने तथा बजार संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेकाे अध्यक्ष राम कुमार गुप्ताले बताउनुभयाे । उनले २०७६ काे अधिवेशनमा निर्वाचित भएपछि अहिलेसम्म भवन मर्मत , गल्ला व्यापारीकाे समस्या लगायत संघकाे निल  खाता रहेकाेमा अहिले ५० लाखभन्दा माथि रकम जमा गरिएकाे छ। साे रकमलाई टेण्डरका माध्यमले भवनकाे विस्तृतिकरण गरिने अध्यक्ष गुप्ताले बताउनुभयाे । साथै उनले साधारणसभापछि नया कार्यसमिति चयन गर्न सर्वसहमति मै जान जाेड दिएका थिए ।

केन्द्रीय सदस्य जमशेर अलि मियाँले संघकाे समिति चयन लाेकतान्त्रिक पद्धति अनुसार  सहमति नहुनसके निर्वाचनमा जान सकिने बताउनुभयाे । उनले व्यापारीहरु बीच आपसी द्वन्द निम्ताउनुभन्दा सहमति मै कार्यसमिति चयन गरि कृष्णनगर बजारलाई उकास्न लाग्नु पर्ने आग्रह गरेका हुन । कार्यक्रममा पुर्व अध्यक्ष गुरुशरण सिंह, विजय कनाेडिया , उद्योगी राजेन्द्र केडिया , शिवप्रसाद जयसवाल,पवन अग्रवाल, आशु कन्छल, अजित सिंह , अशिष अग्रवाल, असलम खान, तुफैल खां , रामसेवक यादव, सुशील श्रीवास्तव,  दिनेशचन्द्र गुप्ता लगायतका व्यापारी भद्रभला बुद्धिजीवीकाे उपस्थित थियाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤