ताजा समाचार

दिनभरि नर्सरी अनुगमन गरे

  • जेठ १६, २०८१
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान १६ गते जेठ । डिभिजन वन कार्यालय लहानले विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गर्ने तयारी गरेको छ । सिरहा जिल्लाका विभिन्न स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका महगी ,खायर,गम्हायर,बेल,रिखिय,आम्ला,गाेलड मोहर ,जामुन लगायत दर्जनौ बिरुवा वितरण गर्न लागेको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए । बाताबरण स्वास्थ तथा तापक्रम न्यून गर्ने मुख्य उधेशयलाई बिरुवा रोप्ने अभियानलाई निरंतरता दिएको हो । 

जिल्लाको दक्षिणी भेगका ग्रामिन जनताले आफ्नै ठाउमा सहज रुपले विभिन्न प्रजाति बिरुवा निशुल्क पाउनको लागि एक ब्यक्ती एक रुखको अभियान ल्याएको कुरा झाले बताएको छ । भगवानपुर गाउँपालिका १ मा बहु वर्षिय विरुवा उत्‌पादन (४x७ को पोलिव्यागमा २ बर्से बिरुवा उत्पादनका लागि ५० हजार बिरुवा तयार गर्न १० लाख बजेट छ भने त्यही नर्सरीमा एक बर्से योजनामा ७० हजार बिरुवाका लागि ७ लाख बजेट रहेको छ । एक बर्से योजना सम्पन्न गर्न असार १५ गते सम्ममा पुर्न तयार गरि किसानलाइ बितरन गर्ने कुरा कार्यादेश पाउने कर्मचारी बन अधिकृत राधेश्याम चोधरीले बताउनु भएको छ । 

नवराजपुर कुसनडि नर्सारीमा विभिन्न प्रजातिका ७० हजार बिरुवा तयार गर्ने अ. देवेन्द्र पसवानले बताए । बरियारपटिमा पनि ७० हजार बिरुवा उत्पादन गर्ने एक बर्से योजना रहेको कुरा डेफाे कासिन्द्र यदबले बताए ।यस्तै बन डिभिजन वन कार्यालय सिरहा लहान सव डिभिजन वन कार्यालय सिरहा आ.व. २०८०/०८१ मधेश प्रदेश सरकारको योजनामा हरेक एक एक वृक्ष लगाउ नाराका साथ औरही गा.पा. वडा नं.-५ औरही मा कार्यक्रम संचालक: रेन्जर आकृति तामाङले ७०,०००/-विरूवा असार १५ गतेसम्मा तयार गर्ने बताइन । बिरुवा उत्पादन कार्यक्रममा सिरहाको बिस्नुपुर नरसरि २ बर्से योजनामा १ लाख बिरुवा उत्पादन गर्न २० लाख बजेट रहेको कुरा वन अ . मनोज कर्नले जानकारी गराएको छ । समयमा गुणस्तरीय बिरुवा तयार पार्न नर्सरी अनुगमन गरिएको छ ।

बिरुवाको तथ्यांक सहि ल्याउने उधेश्य र बजेट हिनमिना हुन नदिन डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाको आयोजनामा जिल्ला समन्वय सभापति दिनेश महतो, सहयक बन अधिकुत गंगा प्रसाद यादब, बन अ.देबेन्द्र पासवान, हाथिदह समिती अध्यक्ष , पत्रकार महासङका प्रतिनिधि लगाय दुई दर्जन पदाधिकारीदवरा हथी दहको समेत अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤