ताजा समाचार

कपिलवस्तु विजयनगरमा आएको हावाहुरीका कारण ४७ घरमा क्षति

  • जेठ १५, २०८१
  • १०५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु १५ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विधुतका ९ वटा पोल ढलेको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।
वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोमवार बिहान हावाहुरीले क्षति पु¥याएको घरमा पुग्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए । क्षतिको विवरण तयार भए पश्चात् पालिकाले आवश्यक सहयोग गर्ने थापाले आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤