Siraha Times
ताजा समाचार

बोदे बर्साईनमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

  • जेठ ८, २०८१
  • १४५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी जेष्ठ ०८ । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्ने देखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सप्तरीले बोदे बर्साईन नगरपालिकाको बोदे बर्साईन बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो। जेठ् ७ गते बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बर्साईन बजारमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले सोमबार सोही प्रकृतिको आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

Open photo

बोदे बर्साईनमा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सप्तरी केन्द्रका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर रायको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा पुर्व मन्त्री मृगेन्द्र कुमार सिंहको प्रमुख अतिथिमा उद्घाटन गरेका छन्। कार्यक्रममा प्रदेश सांसद अनिरुद्व कुमार सिंह , बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंह , नगर उपप्रमुख रेणु कुमारी साह , वडा अध्यक्ष मो मोजिबुर रहमान , राज कुमार यादव लगायत स्थानीय नेताकार्यकर्ता ,बजारवासीहरुको उपस्थिति रहेको थियो ।

Open photo

बोदे बर्साईनमा एक जना वैध र एक जना कार्यालय सहयोगी नियुक्ति गरेर नगरपालिकाले उपलब्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

Open photo

नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख डा शिव शंकर यादवले बताए। ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’यादवले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ।’ 

Open photo

मधेस प्रदेश सरकार, स्वास्थ तथा जनसंख्या मन्त्रालय, जनकपुरधाम स्वास्थ्य निर्देशनालय अन्तरगत प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय केन्द्रले केही समयपछि सप्तरीका विभिन्न स्थानीयतहमा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१