Siraha Times
ताजा समाचार

योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम सौनहवामा सम्पन्न

  • जेठ ५, २०८१
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा स्वास्थ्य जीवन शैली सम्बंधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।  कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता , कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा प्रमुख अतिथिमा रहेका थिए। वडा नं १० को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ ४ र ५ गते कार्यक्रम संचालन गरिएको थियो।

  कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले दिर्घकालिन रोग, अन्य विभिन्न प्रकारका रोग नियन्त्रण गर्न जीवनशैली मा सुधार तथा दैनिक योग नितान्त आवश्यक रहेको बताउनुभयो। नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई दुई दिने अभिमुखिकरण कार्यक्रममा पाउनु भएको जीवनशैली सम्बन्धि ज्ञान, सीप तथा योग लाई म मेरो स्वास्थ्यको जिम्मेवारी म आफै भनेर आत्मसात गरि दैनिक जीवनमा लागू गर्नुपर्ने अन्यथा दिर्घकालिन रोगको स्थित लाई नियन्त्रण गर्न गार्हो हुने बताउदै आफ्नो वडामा नागरिकको स्वास्थ्य सुधार हुनु पर्ने भावना राखि कार्यक्रम संचालन गरेकोमा वडाध्यक्ष हरिपाल चतुर्वेदी लाई धन्यवाद समेत दिए।  उपस्थित सहभागी लाई डा. अशिष चौधरी, योग प्रशिक्षक वरिष्ठ कविराज हरिलाल उपाध्याय  लगायतका प्रशिक्षकले योग ध्यान गराउनुका साथै जीवनशैली व्यवस्थापन, आहार विहार, दिनचर्या, ऋतुचर्या, योग र योगको महत्व गाँउघरमा पाउने जडीबुटीको संरक्षण तथा प्रयोग लगायत अन्य सम्बन्धि प्रशिक्षण दिइएको थियो। 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१