Siraha Times
ताजा समाचार

अधिकृत श्रीवास्तवको भ्रष्टाचार र रासलिला काण्डले पोखरियावासी आजित

  • वैशाख ३०, २०८१
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ३० बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको भ्रष्टाचार सँगै रासलिला काण्डले पोखरिया नगरपालिका गन्हाईसक्दा स्थानियवासीहरु आजित भएका छन् । भ्रष्टाचार गर्नमा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तवले कार्यालयको कार्यभार सम्हाले देखि नै पोखरिया नगरपालिकालाई हरेक हिसाबले बदनाम गर्दै गराउदै आफ्नो दुनो सोझ्याउनमा माहिर रहेको उनका निकटवर्तीहरु बताउदंछन् ।

भौतिक पूर्वधार निर्माणको कार्यमा २० प्रतिशत र सामाजिक विकास तथा लक्षित वर्गको कार्यमा ३० प्रतिशत आन्तरिक कमिशन लिदै आएका अधिकृत श्रीवास्तवले अषाढ मसान्त नजिकन लाग्दा उनी आफ्ना दर रेटमा बढोत्तरी गरी २० प्रतिशतको ठाउँमा ३० प्रतिशत र ३० प्रतिशतको ठाउँमा ५० प्रतिशत लिने गरेको भुक्तभोगीहरु बताउंदछन् । यसैक्रममा शुक्रवार २८ गते देखि नगरपालिकाको आर्थिक सहयोगमा सातोमाई स्किल एण्ड बिकास केन्द्रले व्यूटीशियन तालिम सञ्चालन सुरु गरेको छ । २०८१ जेष्ठ ११ गते सम्म चल्ने सो व्यूटीशियन तालिमको सञ्चालक सँग ५० प्रतिशतकै कमिशन तय भएको नगरपालिका स्रोतको भनाई रहेको छ ।

भुजा पकौडी देखि मासु पसल सम्म कमिशन खानमा तेजतरार रहेका भ्रष्ट अधिकृत श्रीवास्तवले दरबन्दी नै नरहेको ठाउँमा अनावश्यक व्यक्तिहरु सँग रकम लिई नियुक्ती दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले कारवाही प्रक्रिया अगाडि बढाएको ती स्रोतको भनाई रहेको छ । यसको अलावा पोखरियाका कैयौं व्यक्तिहरु सँग नोकरी लगाई दिने भन्दै लाखौं लाख रकम अग्रिम लिई हालसम्म नियुक्ती नदिएकोमा उनीहरु घर न घाटका भएको जानकारहरु बताउंदछन् । पोखरिया नगरपालिकामा प्रशासन तर्फको उपसचिवको दरबन्दी रहे पनि नेपाल स्वास्थ्य समुह हेल्थ ईनसपेक्सन ७ औं तहका भ्रष्ट अधिकृत श्रीवास्तवले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सचिव मुकुन्द प्रसाद निरौलालाई भ्रष्टाचारको रकमबाट भाग दिदै उनी आफ्नो सरुवा रोकाउन सफल हुदै आएको स्थानियवासीहरुको आरोप रहेको छ ।

भ्रष्ट अधिकृत श्रीवास्तवले तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका दुलेगौंडामा कार्यरत्त रहंदा उनी भ्रष्टाचारको कमाईबाट कास्की जिल्लाको पोखरा र पर्सा जिल्लाको वीरगंज मुर्लीमा आलिशान महल ठड्याउन सफल भएका छन् भने पोखरिया नगरपालिकाको कमाईबाट वीरगंज र कलैयामा घडेरीहरु किन्न सफल भएको उनका आसेपासेहरु बताउंदछन् । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत श्रीवास्तवको कार्यशैली प्रति पोखरियाका प्रायः जनप्रतिनिधि र कर्मचारीहरु बिरोध जनाउदै आए पनि मेयर प्रद्युमन प्रसाद चौहानले संरक्षण गरिरहंदा सचेत नागरिकहरु आश्चर्यचकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१