ताजा समाचार

दलाली र चाप्लुसी गर्नमा माहिर मानिएका कथित पत्रकार हरिशंकर शर्मा नै हुन त ?

  • वैशाख ३०, २०८१
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वैशाख ३०  वीरगंज । पत्रकारिताको नाममा दलाली चाप्लुसी गर्दै जिविका चलाउदै आएका कथित पत्रकार हरिशंकर शर्माका कारण सिङ्गो पत्रकारिता जगत नै बदनाम हुदै गएको छ । बाराको बारागढी गाउँपालिका पिपरा बसतपुर निवासी मोहन शर्माका छोरा कथित दलाल पत्रकार शर्माले पर्सा, बारा जिल्लाका कुनै पनि व्यक्ति, पालिका वा संस्थाको भ्रष्टाचार वा गलत गतिविधि बारे समाचार प्रकाशन हुंदा उनी त्यहाँ पुगी दुई÷चार सय रुपैया रिचार्ज खर्च, तेल लिई समाचार खण्डन गर्ने गरेको जगजाहेर नै छ ।

सोही क्रममा पर्साको पोखरिया नगरपालिकाको बेतिथि बारे विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि समाचार लेख्ने पत्रकारको चरित्र हत्या गर्ने उदेश्यले दलाल पत्रकार शर्माले वीरगंज टाईम्स नामक अनलाईनमा पालिकाबाट ५ लिटर पेट्रोल लिई झुठा, कपोकल्पित समाचार प्रकाशन गरेको देख्दा आमपाठकहरु आश्चर्यमा परेका छन् । उनी बिगतका समयमा बारम्बार पत्रकार महासंघ पर्साको गरिमामा आँच पुग्ने गरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै कारण उनको सदस्यता नविकरण नगर्ने महासंघका पदाधिकारीहरुले बताए पछि लाज पचाएका नकचरा पत्रकार शर्माले लिखित रुपमै महासंघमा माफी मागेपछि उनको सदस्यता नविकरण भएको घाम जस्तै छर्लङ्ग छ ।

उनी हाल कालिका टाईम्स दैनिक र सर्वराष्ट्रिय दैनिक पत्रिकाका कम्पयूटर अपरेटरमा काम गर्दै गुजारा चलाउदै आएका कथित पत्रकार शर्माले आफुलाई जबरजस्ती पत्रकार कहलाउनका लागि जो सुकैको बारेमा पनि झुठा, कपोकल्पित कुरा लेख्दै पत्रकार सावित गर्नमा प्रयासरत्त रहेका छन् । यसैगरी बारा जिल्लाको बारागढी गाउँपालिकाबाट कार्यक्रम नपाएको भन्दै झुठा, भ्रामक, कपोकल्पित समाचार लेखेपछि उनको विरुद्धमा पालिकाले पत्रकार सम्मेलन नै गरेको थियो । जुन समाचार नेपालको चर्चित टिभी काष्ठमण्डपले समाचार बजाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤