बिधालय स्तरमा दलित छात्रवृत्ति रकम बितरण बिषायक अभिमुखिकरण सखुवामा

  • बैशाख २७, २०८१
  • ५४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल रहमुल लहान २७ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ माध्यामिक विद्यालय महदेवा पोर्ताहामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहान सिरहाको आयोजनामा र सेभ द चिल्ड्रेनको सहयोगमा बिधालय स्तरमा दलित छात्रवृत्ति रकम बितरण, कार्यनयन र दलित बालबालिकाहरुको शिक्षामा पहुचको अबस्था बिषयकअन्तरक्रिया कार्यक्रम संस्था अध्यक्ष मोहन  पासवानको अध्यक्षतामा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवको प्रमुख अतिथित्वमा र बिभिन्न बिधालयको प्र.अ. दलित बिद्यार्थीहरुको अभिभावकको उपस्थितिमा समपन्न भएका छन। 

 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बि.स.२०४८ साल देखि नेपाल छात्रवृत्ति कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र शिक्षा मन्त्रालयको समन्वयमा संचालन गरिरहेको संस्था अध्यक्ष भोला पासवानले बताएका छन। उहाँको भनाइ अनुसार दलित , गरीब तथा सीमान्तकृत बालबालिकाको शिक्षामा पहुच बढाउने उद्देश्यले सेभ द चिल्ड्रेन संगको प्राविधिक साझेदारीमा सन १९९२ देखि नेपाल छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आइरहेको छ।

 

यो कार्यक्रम अक्षय कोषबाट संचालित रहेको छ। नेपाल छात्रवृत्ति कार्यक्रम मुलतः USAID को सहयोगमा स्थापना भएको Nepal Children Endowment Fund र सेभ द चिल्ड्रेन US का कार्यकारी प्रमुखले आफ्नो स्वर्गीय छोरीको नाममा स्थापना गरिएको Ansely Rose MacCormack Fund जस्ता दुई वटा अक्षय कोषहरुबाट बार्षिक रुपमा प्राप्त हुने ब्याज बाट सन्चालित हो। यो कार्यक्रम पछिल्लो बीस बर्ष १५ वटा जिल्लाहरुमा संचालन रहेको थियो।

 

उक्त कार्यक्रम बाट ५०३७ दलित तथा सीमान्तकृत बालबालिकाले छात्रवृत्ति प्राप्त गरी उच्च शिक्षा हासिल गरेका छन। सन २०१३ देखि यो समाजिक,आर्थिक बिकासका सुचकहरुमा अत्यन्त कमजोर रहेका तथा शैक्षिक सुचकहरुमा अत्यन्त पछि परेका दलितहरुको जनसंख्या उच्च रहेका तराईका तिन जिल्लाहरु सिरहा, महोत्तरी , सर्लाही र पहाडका २ जिल्ला जाजरकोट , कालीकोट गरी जम्मा ५ वटा जिल्लाहरूमा यो कार्यक्रम संचालनमा संचालनमा रहेको छ।

 

सिरहा र महोत्तरी जिल्लाका लागी छात्रवृत्ति रकम Ansely Rose macComack Fund बाट प्राप्त हुन्छ। सिरहा र महोत्तरी जिल्लामा छात्राहरुलाई मात्र छात्रवृत्ति वितरण गरिन्छ। नेपाल छात्रवृत्ति कार्यक्रम बिगत २०१३ देखि २०२७ सम्म रहेको छ। निरन्तर छात्रवृत्ति कार्यक्रम अन्तर्गत १२० जना दलित छात्राहरुलाई सहयोग गरिने हेतुले संचालन गरिएको छ।

सन २०१३ मा ५० जना, २०१४मा १२० जना २०१५ मा १२० जना २०१६,१७,१८,१९,२०,२१,२२ मा १००/१०० जना २०२३मा १२० जना २०२४ मा १२० जना गरी १२३० दलित छात्रा हरुलाई छात्रवृत्ति प्रदान गरीरहेको छ। विशेष लक्षित समुह अन्तर्गत कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई मासिक रुपमा रु ५००० र कक्षा ९ र १० लाई मासिक रु ६०० र कक्षा ९,१० लाई रु ७०० कक्षा ११,१२ लाई रु १३०० स्नातक र प्राविधिकलाई रु २१०० स्नातकोत्तरलाई रु २६०० प्रति महिना छात्रवृत्ति प्रदान गरीरहेको छ।

प्रत्येक त्रैमासिकमा रु २७१२००/- गरी बर्षमा र १०,८४८००/- बितरण गरीरहेको अध्यक्ष पासवानले बताएका छन। यस संस्थाले नेपालमा रहेका गरीब दलित बालबालिकाहरुको शिक्षामा पहुच पुर्याउने उद्देश्यले बिगत २० बर्ष देखि देश ब्यापी रुपमा शिक्षा क्षेत्रमा नितिगत रुपमा जनवकालत तथा पैरवी अभियान तथा कार्यक्रमहरु संचालन गर्दै आइरहेको अध्यक्ष पासवानले बताएका हुन ।

यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरका सरकारी बिधालयमा दलित छात्रवृत्ति बितरणको अवस्था कार्यन्वन र दलित बालबालिकाले भोगेका समस्या साथै दलित बालबालिकाको शिक्षामा पहुँचको अवस्थामा गराउने रहेकोमा प्र.अ. हरु श्रीप्रसाद यादव, घुरण यादव, जिवछ यादव लगायत कार्यक्रममा उपस्थित अन्य सहभागीले यसको दायरा फराकिलो बनाइ अरुअरु समुदायका गरीब बिद्यार्थीहरुलाई यस कार्यक्रममा समेट्न सुझाएका थिए। कार्यक्रमको संचालन बरिश लाल मोची द्वारा भएको थियो।

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१