अन्तरक्रिया गरी मनाइयो१३५ औं अन्तराष्ट्रीय मजदुर दिवस

  • बैशाख २०, २०८१
  • ४८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, श्रमिक , मजदुर र सरोकारवालाहरु बीच अन्तरक्रिया गरी १३५ औं अन्तराष्ट्रीय मजदुर दीवस, मनाइएको छ । सिरहाको गोलबजार ६ डोहटीयाको श्री जनहीत विद्यालयमा सम्पन्न उक्त कार्यक्रम मुक्ति नेपालकी अध्यक्ष श्री देव कुमारी महरा ज्युको अध्यक्षतामा भएको थियो भने , ट्रेड युनियनका केन्द्रिय सदस्य प्रदीप चौधरी ( प्रमुख अतिथि ), गोलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष संजित लामा ( विशिष्ट अतिथि ), समाजसेवी तथा राजनितिक कर्मी उमेश बराल , वाडा सदस्य निरा लामा र शर्मिला सदाय , रोजगार सेवा केंद्र गोलबजार का संयोजक सुरेश ठाकुर , बर्थिङ सेन्टरकी इन्चार्ज सविता पंजीयार , इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्की , श्री जनहीत विद्यालयका नि.प्र.अ. शिवेन्द्र यादव र विभिन्न क्षेत्रमा काम गर्ने किसान, मजदुर , श्रमिकहरुको उपस्थिति रहेको थियो ।

जसमा श्रमिकको अवस्था र उनीहरुको समस्या समाधानका लागि के गर्न सकिन्छ र आगामीको योजना कसरी बन्दै छ विषयमा छलफल र अंतरक्रिया भयो । हामी सधै काम गर्न चाहन्छौं तर केही महिना मात्र काम पाउछौ ,र असार देखी असोज सम्म काम हुदैन तेती बेला हामी बेरोजगार भई बस्नु पर्ने बाध्यता हुन्छ र खान लाउन पनि एकदमै समस्या हुन्छ । काम गर्दा काम अनुसार दीनको तीन देखि चार सय मात्र पाउने गर्छु , भट्टामा काम गर्ने २४ वर्षिय सेवकी सदाय भन्नु भयो ।

त्यस्तै खेती किसानीमा मजदुरी गर्ने ३५ वर्षिय कुबेरीया पासवान खेतमा काम सिजन अनुसार गर्छु र पाएको ज्यालादारी केही महीनामै सकिन्छ त्यस पछि छाक टार्न पनि गाह्रो हुन्छ । घर निर्मान काममा लेबरको रुपमा काम गर्ने ३५ वर्षिय रेखा कुमारी यादव दीनको पाँच सय देखी छ सय ज्यालादारी पाउने गर्छिन तर उनलाई भारी बोक्ने काम मा बढी लगाउने गरेको तेस्रो तल्ला सम्म बालुवा गिट्टी र एक्लै सिमेन्ट को बोरा बोकेर पुर्याउनु पर्ने भएकोले स्वास्थ्यमा समस्या हुन्छ ।

हामी बाध्य छौ के गर्नु काम गरेन भने के खाने अर्को काम पनि पाउदैन । स्वास्थ्य शाखाकी सविता पजियार भन्नु भयो हामी कहाँ प्रयः पाठेघर भर्ने समस्या भएको महीलाहरु आउने गर्नु हुन्छ । किशोरी अवस्था देखी नै महीलाहरु यस्ता काममा लगाइएकी हुन्छ ।जसले विभिन्न समस्या समस्या निम्त्याउछ र यस्ता समस्य उनी आफ्नो घरमा पनि भन्न डराउछन, श्रीमान लाई पनि भन्न डराउछ ।
मैले आफ्नो समस्या भन्यो भने श्रीमानले अर्कै बीहे गर्छन की भन्नेडर हुन्छ । नेपाल सरकारले स्थापना गरेको रोजगार सेवाकेन्द्रले रोजगारको अवसर दीए पनि दक्ष जनशक्तिको अभाव का कारण सेवा दीन असहज भएको र सीपमा दक्ष भए पनि प्रमान पत्रको अभावले पनि समस्या हुने गरेको रोजगार सेवाकेन्द्रका संयोजक सुरेश ठाकुल बताउनु भयो । बेरोजगार धेरै छन काम र रोजगार न्युन रहेको छ । हामी छीट्टै डाटा कलेक्सन गर्ने छौ जसमा काम गर्न इच्छुक , सीपभएको , र सीप सिक्ने हरुको डाटा निकाली काम गर्ने छौं । हामी शान्ति सुरक्षा का लागि काम गर्छौ ।

अभिभावक ज्यादारीका लागि काम गरी रहदा बच्चा लाई ध्यान दीन नसकेर बच्चाहरु दुर्घटनामा पर्ने गरेको हुन्छ । कार्यक्षेत्रमा झगरा र सेक्सुअल हरासमेन्ट हरु पनि हुने गर्छन । आफु पनि सूचेत भएर आफ्नो सुरक्षाका लागि हामीलाई सम्झनुस्हामी साथमा छौं इन्सपेक्टर सुनिल कार्की भन्नु भयो वडाध्यक्ष संजीत लामाले प्रधान मंत्री रोजगार योजना का तहत हामी स्थानीय लाई नै काम दीने गरेका छौ ।

रबेला बेलामा विभिन्न तालिमहरु दीइदै आएका छौें । ट्रेड युनियनका केन्द्रीय सदस्य प्रदीप चौधरीले मजदुरहरुको सुरक्षकालागि अहिले सम्म छेट्टै कानुन बन्न नसकेको बताउदै , उनीहरुको सेफ्टीका लागि स्थानिय स्तर बाटै केही निति बनाउनु पर्ने बतायनु भयो । मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा , मजदुर शहीद को सम्झनामा पनि यो दीवस मनाउने गरीन्छ । परीवर्तन त धेरै भएको छ लाहानमा १५ वर्ष पहीला हामीले बस्तीपुर बाट ज्यालादारी वृद्धीको लागी आन्दोलन सुरु गरेका थियौ । र साढे दुई किलो धान बाट अहिले १० किलो धान दीनेगरेको छ ।

त्यसका लागि संगठीत हुनुआवश्यक छ । मजदुर हरुसंगठीत भएर अगाडी बढ्नु , र आफ्नो हकका लागि बोल्नु लड्नु आजको आवश्यत्ता रहेको उनको भनाई थियो । कार्यक्षेत्रमा काम गरी रहदा महिलाहरु असुरक्षित महसुस गरी रहेको हुन्छ । जती सतर्क भएर काम गरे पनि जतिबेला पनि डर त्रास मै बाच्न बाध्य हुन्छ । जसरी पुरुष निश्फ्रीक्री भएर काम गर्न जान्छ महिला तेती निश्फ्रीक्री भएर काम गर्न सक्ने अवस्थाको सृजना अझै पनि छैन ।

प्रतिक्रिया दिनुहोस

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

पोखरिया नगरपालिकामाथ ...

रंजित चौरसिया,वीरगंज १ जेष्ठ। पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१