Siraha Times
ताजा समाचार

मारुती सिमेन्टले कब्जा गरेको जग्गाको मालपोत हाकीमले लगतकटा नगरेको आरोप, चुरे संरक्षण पदयात्रा

  • वैशाख २०, २०८१
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गरेको छ । चुरे संरक्षण पदयात्रा तीन दिनमा आज लहान आइपुगेको छ । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवका नेतृत्वमा बैशाख १६ गतेदेखि सप्तरीबाट पदयात्रा शुरु गरेको हो । मापदण्ड विपरित खोला उत्खननको विरोध गर्दै पदयात्रा शुरु गरेको भन्दै अध्यक्ष यादवले अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, भूमिहीन तथा सुकुम्बासीको आवासको मौलिक हक पूरा गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी समस्या हल गर्नु पर्नेलगायत अभियानको माग रहेको बताए ।

अध्यक्ष यादवले भने, ‘मधेशका दलित भूमिहीनको भूमि अधिकार, चुरे वनजंगल संरक्षण लगायतका निम्ति पदयात्रामा लागेको छु । यो पदयात्रा काठमाण्डौ पुगेर अन्त्य हुँदैन । काठमाण्डौं पुगेर म अन्नजल त्याग्ने गरी आमरण अनशन बस्ने छु ।’ ‘माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने’ उनले बताए । बिगतमा आमरण अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सातबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै अध्यक्ष यादवले विभिन्न माग राख्दै अभियान लामोसमयदेखि आन्दोलनरत्त रहेको बताए ।

सिरहाको मारुती सिमेन्टले कब्जा गरेको वनक्षेत्रको जग्गालाई वन डिभिजन कार्यालय लहान सिरहाले बदर गरेको छ । तर, मालपोत कार्यालय सिरहाका हाकिम सुधिर यादवले दूई महिनादेखि लगतकटा नगरेकोले समस्या भएको छ । यसमा हाकिम यादवले आर्थिक चलखेल गरेको हो की ? प्रश्न उठेको छ । यसैको विरुद्धमा पनि यो पदयात्रा रहेको अध्यक्ष यादवले बताए । फागुन ११ देखि जनकपुरधामको जनकचोकमा अभियानका कार्यकर्ता धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१