चिमटीमा भिषण आगलागी हुँदा दुई सय भन्दा बढि घरहरु जलेर नष्ट

  • वैशाख १९, २०८१
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ बैशाख सप्तरीको महादेवा गाउँपालिका-१ चिमटीमा भिषण आगलागी भएको छ। बिगत केहि दिन देखि दिउसो तातो हावा चलिरहेको छ जसको कारण एक हप्ता भित्र मधेस प्रदेशका धेरै गाउँमा आगलागीको घटना घटि सकेको छ।

उक्त पालिकाको चिमटी गाउँ घना गरीबहरुको फुसको घर भएका बस्ती थिए। तातो हावा चलिरहेको बखत दिउँसो आगलागी हुँदा २०० भन्दा माथी घरहरु जलेर नष्ट भएका छन भने करोडौंको सम्पति समेत जलेको जानकारी वडाअध्यक्ष जय किशोर दासले दिएका छन।

आखिर मधेसमा यो आगलागीको घटना एक पछि अर्को दिनानुदिन किन भैरहेको छ त? कारण एउटै घना फुसको घर भएको बस्ती र लापरबाही तरिकाले आगो बाल्नु। हुन त शिक्षा र चेतनाको कमि नागरिकमा छदैछ तर अतिबिपन्न,गरीब, दलिदको फुसको घर भएको कारण यस्तो घटना भैरहेको जानकारहरु बताउँछन। सरकारले फुसको घर हटाइ जस्तापाताको घर बनाउने निर्णय ओली सरकारको पालामा भएको थियो। अहिले ती निर्णय किन कार्यनयन हुन सकेन त? अब कहाँ जने होला यी गरीबहरु ठुलो चिन्ताको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१