बालविवाहन्युनीकरण सम्बन्धि लेखन तथानिबन्धप्रतियोगिता सम्पन्न

  • वैशाख १६, २०८१
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास सिरहा १६ बैशाख । श्री जनतामा.वि.गोलबजार ४ मा (१२ बैशाख, २०८१) ३० जनामा १५किशोर र १५किशोरीको सहभागितामा र श्री सरस्वतीमा.वि. जमदह गोलबजार ३ मा (१३ बैशाख २०८१) २५ जनामा १२ किशोर र १३ किशोरीको सहभागितामा बालविवाह न्युनीकरण विषयक निबन्ध लेखन प्रतियोगिता सम्मपन्न भएको छ ।

प्रतियोगिताको निर्णायक समितिमा श्री जनता माध्यमिक विद्यालय बाट तुलसा काफ्ले नन्दलालआचार्य र मुक्ति नेपालबाट संजू कुमारी दास गरी तीन जनाको निर्णयमा र  श्री सरस्वती मा.वि.गोलबजार ३ बाट शिक्षिका जीना राणा , नेपाली मोक्तान, भवानी साह र मुक्ति नेपाल बाट संजू कुमारी दास गरी चार जनाको निर्णयमा उनीहरुले लेखेको निबन्धमा लेखने तरीका , शैली , व्याकरण र विषयवस्तुलाई ध्यानमा राख्दै जनता मा.वि.गोलबजारकी कक्षा १० माअध्ययनरत वर्ष १५ की अन्नु नायक प्रथम, अर्नामा गाँउपालिका १ महनौर का वर्ष १७ को आनन्द पाल द्वतिय ,गोलबजार ८ का वर्ष १४ को मिथिलेश महतो तृतिय र बाँकिका २७ जनालाई सान्त्वना पुरस्कार त्यस्तै श्री सरस्वती माध्यमिक विद्ययालय गोलबजार ३ गोलामुक्सारकी वर्ष १५ की एन्जी राई प्रथम , गोलबजारकी वर्ष १३ की गंगा तामाङ द्वितिय, गोलबजार ३ मुसर्निया की वर्ष १५ की रश्मी तामाङ तृतिय पुरस्कार र बाँकीका २२ जनालाई सान्त्वना पुरस्कार स्वरुप क्रमशःप्रथम हुनेलाई ५ थानकापी र ५ थान पेन , द्वितिय ४–४ थानकापी र पेन , तृतिय ३–३ थान कपी र पेन , सान्त्वना १–१ थान कापी र पेन प्रदान गरीएको थियो ।

कार्यक्रमको उद्येश्य बालविवाह प्रति बालबालिकाको सचेतना स्तर उकास्ने र नजानेको जानकारी प्रदान गरी उनीहरुलाई बालविवाह के हो ? किन गरीन्छ ? यसका असरहरु के कस्ता छन् ? बालविवाह न्युनिकरणका लागि उनीहरुको प्रतिबद्धता र गरेको अनुभव तथा संघर्ष कस्तो छ ? यसलाई खोताल्दै उनीहरुलाई यस विषयमा बोल्न र जिज्ञासा राख्न सक्षम बनाउनु छ । साथै उनीहरु आफु सचेत भई बालविवाहका असर बारे बुझने छन् र यस प्रति सजगभई समाजिक कुरीति कुसंस्कार परिवर्तन गर्नुमा सहयोग पुर्याउने छन् ।

श्री जनता मा. वि. की शिक्षिका तुलसा काफ्ले का अनुसार बालविवाह न्युनिकरणका लागि बालबालिका लगायतअभिभावक पनि तेतीनै जिम्मेवार रहेको र मुक्ति नेपाल जस्ता अनेकौ संस्थाले यस्ता कार्यक्रम चलाएकै कारण बालविवाह पहिला भन्दा धेरै कम भएको छ , तर आजभोली प्रेम विवाह वा भागिविवाहले बालविवाह बढी भई रहेको उनको भनाई थियो । वहाले अगाडी थपिदै भन्नु भयो हामीले पढाई राख्दा धेरै बालिकाहरु विवाहित पाउछौ जो बालविवाह नै गरेको हुन्छ , उनीहरुलाई सोध्दा कोही आमाबाबाले गरीदीएको भन्छन् भने कतीले घरायसीकारण बताउछन् र आगाडी गएर उनीहरु पढाई नै छोडने गरेको उनी बताइन् । 

त्यस्तै कार्यक्रममा सहभागि किशोरी लक्ष्मी ठाकुर भन्छीन् हाम्रो अभिभावकहरु वा समाजका व्यक्तिहरुमा छोराले राम्रो संग पढ्यो भने बुढेसकालमा कमाएर खुवाउने गर्छन , सहारा हुन्छन तर छोरी त अर्काको घर जाने भएको र जती पढाए त्यती बढी दाइजो लाग्ने भएको कारणले छोरीको छिट्टै विवाह गरेर पठाई दिने सोच र प्रचलनका कारण किशोरीहरु बढी प्रभावित हुने गरेको देखिन्छ । तर हामी छोरीले पनि पढेर आफ्नो खुट्टामा उभियो भने आमाबाबाको सहारा बन्न सक्छौं र छोराले भन्दा राम्रो संग आमाबुवाको स्यहार गर्न सक्छौ तर विडम्बना हामीलाई अवसर नै दीइदैनन् ।

प्रतिक्रिया दिनुहोस

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

भोजपुरी टाइम्सले आफ् ...

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१