Siraha Times
ताजा समाचार

मुख्यमन्त्री यादवद्वारा आगलग्गी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण छिट्टै ठोस राहतको प्याकेज घोषणा गरिने

  • वैशाख १५, २०८१
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, बैशाख १५ । मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नु भएको छ । प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुग्नु भएको मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिनु भएको छ । 

May be an image of 11 people and helicopter

पीडित परिवारहरु संग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उहाँले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताउनु भयो । बैशाख १२ गते मटिहानी नपा वडा नं. ६मा भएको भिषण आगलग्गी बाट एक सय ३ घर जलेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१