ताजा समाचार

मर्ज हुन लागेको बिधालय बि.ब्य.स. को सक्रियताले हराभरा बन्दै

  • वैशाख १५, २०८१
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ बैशाख । सिरहाको ज.आ.बि. लहान ‌१३घलेटोल र CRC नेपालको पहलमा बिधार्थी भर्ना अभियान अन्तर्गत अति बिपन्न समुदाय सदाय बस्तिमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। बिगत एक बर्ष अगाडी यस बिधालयको अबस्था नाजुक भै मर्ज अबस्थामा पुगेको थियो। यो बिधालय अतिबिपन्न दलिद गरीब सदाय र राम बस्तीको बिचमा रहेको छ।

चाहे के हुदैन जब स्थानीय समाजसेवी अमिरलाल यादवको नेतृत्वमा बिधालय ब्यबस्थापन समिति बन्यो अनि त्यो दिन देखि बिधालयमा प्रगति हुदै गयो। अहिले त्यही मर्ज हुन लागेको बिधालय हराभरा भएका छन। यहाँ सोचनिय बिषय के रहेको छ भने बिधालय,बिद्यार्थी, शिक्षक, अभिभावक र समुदाय उहि छन। पहिला पनि उहि थियो तर एक बर्ष भित्र यत्रो ठुलो परिवर्तन कसरी भयो त? कारण एउटै छ समितिको ब्यबस्थापन अभिभावकको चासो शिक्षक टिमको मेहनत र बिद्यार्थीको लगन यी सब कारणले अहिले बिधालयको मुहार फेरिएको छ।

बिद्यार्थी भनेको देशको भबिष्य हो यसलाई राम्रो बनाउन सबै पक्षको उतिकै जिम्मेवारी हुन जरुरी छ। निजि बिधालय र सरकारी बिधालयको तुलना गर्नु पर्दा निजि बिधालय भन्दा कयौ गुना बढि राम्रो सरकारी बिधालय हो तर त्यसलाई हाम्रो समाजले नकार्छन। जबकी सरकारी बिधालयमा धेरै बर्षको अनुभवी शिक्षक छन। सुबिधा सम्पन्न भौतिक संरचना छन। सरकारको करोडौं लगानी रहेको अबस्था हुदाहुदै पनि सरकारी बिधालय प्रति अभिभावकको बिश्वास छैन किन? यसको एउटै कारण हो फोहरी राजनैतिक। हो देश बिकासको लागी राजनैतिक अति आवश्यक छ तर त्यो राजनैतिक स्वच्छ हुन जरुरी छ।

बिभिन्न संघसंगठनमा बिभाजित भएर समुदाय अनेक ठाउँमा बिभाजन भएका छन जे काममा फोहरी राजनैतिकका कारण देशको अबस्था अहिले यस्तो भएको छ जुन कुरो सबैलाई थाहा छ। जे भए पनि अनेक समस्याका बाबजुद अमिरलाल यादवको नेतृत्वको बि.ब्य.स.ले बिधालय राम्रो बनाउन सराहनीय काम गरेको छ। अझ राम्रो प्रगति होस। राम्रो बिद्यार्थी उत्पादन होस सबैको चाहना छ र यसका लागी घलेटोल बासी हमेसा चनाखो रहन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤