Siraha Times
ताजा समाचार

ग्लोबल आइएमई लघुबित्तद्वारा विद्यार्थीलाई ब्याग वितरण

  • वैशाख १५, २०८१
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ बैशाख । सप्तरी बोदेबर्साइन बाट सम्बादाता उमेश साहले दिएको जानकारी अनुसार ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था लिमिटेडले बिहीबार आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेको छ। कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले भने समाज परिवर्तनको लागि सबै व्यक्तिहरुले आफूबाट परिर्तनको सुरुवात गर्नु पर्ने बताउँदै आफूले ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था जति सहयोग गर्नु भयो नगरपालिकाबाट धन्यवाद व्यक्त गरे । नगर प्रमुख सिंहले भने हरेक विद्यार्थीका अभिभावकले आफ्ना बालबच्चहरुलाई सामाजिक सस्कार सिकाउन आवश्यक रहेको बताए । 

उनले विद्यार्थीहरुलाई आफूले भविष्यमा के बन्ने हो त्यो बाटोलाई विद्यालय जीवनबाटै पहिचन गरेर हिड्दा राम्रो हुने धारणा व्यक्त गरे। एक कार्यक्रमको अवसर पारेर बोदे बर्साईन नगरपालिका वडा नम्बर -७ हैठी स्थित श्री सामुदायिक राष्ट्रिय शिव शंकर आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरिएको हो सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीलाई ब्याग वितरण गरिएको संस्थाका अनुगमन प्रमुख हेम लाल पौडेलले जानकारी दिनुभयो ।

बोदे बर्साईन शाखाका प्रमुख संजित कुमार गिरिका अनुसार उक्त विद्यालयका ९५ जना विद्यार्थीले ब्याग पाएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको सहजताका लागि संस्थाले ब्याग वितरण गरेको हो । ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था लिमिटेडले समुदाय केन्द्रित सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै यसअघि बोदे बर्साईन बजार एरियामा दस्ट बिन वितरण गरेको थियो ।

ब्याग वितरण कार्यक्रममा समाजसेवि तथा बिधालयका अध्यक्ष बिश्ववर प्रसाद यादव , विद्यालयका प्रधानाध्यापक निलम कापैर ,वडा सदस्य पुनिता यादव , राम चन्द्र यादव , सिरहा लक्ष्मिपुर पतारीका शाखा प्रमुख योगेन्द्र प्रसाद यादव , शिक्षक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१