ताजा समाचार

५ बर्षिय छोरा हत्या अभियोगमा आमा पक्राउ

  • वैशाख १४, २०८१
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई हाल लहान नगरपालिका- १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मंगलबार बिहान देखि नै आयुश देखा नपरेको भनि स्थानियले अपरान्ह १७ : ३० बजे प्रहरीलाई जानकारी गराए लगतै इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरीले खोजतलासको क्रममा आफै सुत्ने बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुश पोको पारी लुकाई राखेको अवस्थमा फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले दिएका छन।

अनुसन्धानको क्रममा तत्काल आयुसकी आमा रेखालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा परेकी रेखा बिगत एक बर्ष देखि पति रमेश साह संग सम्बन्ध बिच्छेद गरी छोरा सहित छुट्टै बस्दै आइरहेकी स्थानीयहरुले बताएका हुन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤