लहान एक्सपो सुरु, उप-प्रधानमन्त्री महासेठ र प्रदेश स्वास्थ्य मन्त्री सिंहद्वारा समुद्घाटन

  • चैत ३०, २०८०
  • ९८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
लहान । सिरहाको लहानमा आजदेखि लहान एक्सपो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव सुरु भएको छ। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले महोत्सवको उद्घाटन गरेका छन् ।जिल्ला उधोग वाणिज्य संघ लहानले समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ लहान एक्स्पो महोत्सवको आयोजना गरेको आयोजक संघका अध्यक्ष विकास शारदाले बताए।

लहानमा व्यावसायिक वातावरण, पर्यटन प्रवर्धन र सामाजिक कार्यमा जिल्ला उधोग वाणिज्य संघ लहानको आफ्नो नाम पहिचान होस् भने विश्वाशका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष शारदाले बताए।

महोत्सवका मुल नारालाई मध्यनजर गर्दै कृषिका स्टल, महिला उद्यमी र साना घरेलू उद्यमीहरुको पनि स्टल राखिएको छ।अन्तराष्ट्रिय स्तरमा पाकिस्तानका लेदर ज्याकेटदेखि बंगालादेशबाट साडीका सुटहरु र भारतबाट युटिन्सीलका राम्रो राम्रो प्रोडक्टहरुको स्टलहरु रहेको छ।

लहान एक्स्पो १० दिनसम्म चल्ने महोत्सवमा हरेक दिन सांझ विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । वैशाख ६ गते अक्षरा सिंहको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

जसपा नेपाल लहानद्वार ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१