Siraha Times
ताजा समाचार

सलहेश फुलबारी अमरपति राजा सलहेश तथा प्रेमी मालिनी मन्दिर

  • चैत २९, २०८०
  • १६१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २९ । मधेस प्रदेश सिरहा जिल्लाको लहान नगर पालिकामा वडा न. १२ सिस्वानी गाउँमा मा रहेको प्रख्यात सलहेश फुलबारी धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फुलबारी करिब नौ बिघामा फैलिएको यस फुलबारीमा प्रत्येक नयाँ वर्षमा मेला लाग्ने गरेको छ । पासवान जातीका इष्ट देवता राजा सलहेशको मन्दिर मुर्तिको रुपमा प्रसिद्ध रहेको छ । यस फुलबारीको मध्य भागमा रहेका हारम नामको रुखको हाँगामा प्रत्येक नयाँ बर्ष बैशाख १ पहिलो दिन बिहानै एकदिनका लागि माला अकारको सेतो फुल फुल्ने गर्छन् भने साँझपख फुल मौलाएर जान्छन् ।

हारम को रुख नजिकै अमरपति राजा सलहेश तथा प्रेमी मालिनीको मन्दिर ( गहबर ) रहेको छ भने मन्दिरको ठिक पछाडी एउटा इनार रहेको छ जुन इनारमा कहिले पानी नसुक्ने संख मलमलको इनार विद्धमान छन् यस मन्दिरको करिब हजारौ वर्ष पहिलाको कथा यस फुलवारीसंग जोडिएको छन् । गहबरमा सलहेश र मालिनी को भव्य मुर्ति समेत रहेको छ ।

सलहेश गहबरमा प्रेम भक्तीले पुजा पाठ गर्दा निसन्तान महिलालाई सन्तान हुने धार्मिक विश्वास पनि रहेका छ । सलहेश गाथामा वर्णन गरिए अनुसार राजा सलहेशले एकै दिनमा सिरहाकै लहान नगर पालिका मा रहेको मानिकदहमा स्नान गरि फुलबारीमा फुल टिप्ने सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीका पुजा गरि कञ्चनगढमा जनताका पिरमार्का सुन्ने गर्थें राजा सलहेशको जीवनसँग जोडिएका ऐतिहासिक ठाउँहरुमा सिरहा जिल्लाको जनजिवनसँग गहिरो समबन्ध राखिएको छ । राजा सलहेश र मालिनी को बिच प्रेमगाथामा अधारित सलहेश फुलबारीमा भव्य मेला लाग्नेगरेको छ बिषेशगरी यहा भारत बिहार पश्चिम बंगाल र नेपाल को सिरहा , सप्तरी,धनुषा, महोत्तरी,सुनसरी लगायतका जिल्लाहरुबाट लाखौंका संख्यामा भक्तजनहरु आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१