ताजा समाचार

सिरहामा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र अबैध औषधि (भिएग्रा) सामान छाडेर केही सामान मात्रै भन्सार बुझायो

  • चैत २७, २०८०
  • १२७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहा प्रहरीले पक्राउ गरेको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटेको टोलीद्वारा शनिबार पक्राउ गरिएको तस्कर, मोटरसाइकल र मुख्य सामान छाडेर केही सामान मात्रै भन्सार बुझाइएको हो । प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले शनिबार बिहान ३ बजे कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र तस्करीका अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको थियो ।

भारतबाट नेपाल आउँदै गरेको तीन मोटरसाइकलमा १० लाख रुपैयाँ बराबरको अबैध औषधि ( भियेग्रा), कपडा, जुत्ता, चप्पल र कस्टमेटिकलगायतका सामान बरामद गरिएको थियो । भारतसँगको सिमानादेखि नै विभिन्न स्थानमा सुरक्षाकर्मीको जाँच हुने गरे पनि यी सामान भने प्रहरीले सीमाभन्दा अन्दाजी २० किलोमिटर वर मात्रै नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले पक्राउ गरिएको मोटरसाइकल, व्यक्ति र औषधि गायब पारेर एक लाख ८८ हजार ७ सय बराबरको सामान मात्रै आइतबार सिरहा भन्सार कार्यालय, माडर बुझाएको छ । र, जिल्ला प्रहरी कार्यालय, सिरहाबाट जारी भएको प्रेस विज्ञप्तिमा भन्सार बुझाइएको उक्त सामान गस्ती गर्ने क्रममा विष्णुपुर गाउँपालिका २ स्थित लक्ष्मीपुरबाट बेवारिसे अवस्थामा फेला पारेको उल्लेख गरिएको छ ।

जबकि, प्रहरीले मोटरसाइकलसहित उक्त सामान पक्राउ गर्ने बेलाको तस्वीर पनि हामीसँग छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाले भने यही नै सही सूचना भएको दावी गरे । 'प्रेस विज्ञप्तिमा जे छ, त्यही नै सही सूचना हो,' उनले भने, 'बाँकी कुरा थाहा छैन ।' श्रोतका अनुसार, सुरक्षा निकायको मिलेमतोमै भारतबाट उक्त सामान तस्करी गरी ल्याइँदै थियो । त्यसमा लागूऔषध पनि भएकाले पक्राउ परेको व्यक्ति, मोटरसाइकल र औषधिलाई प्रहरीले गायब पारेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤