ताजा समाचार

कान्तिपुरकर्मी आजादमाथि आक्रमणको योजनामा संलग्न तस्करका नाइके सई राई प्रदेश तानिए, चहार्दैछन् शक्तिकेन्द्र

  • चैत २७, २०८०
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न सिरहा २७ चैत्र  । सिरहामा तस्करका हितैसी भनेर बद्नाम नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अमित राई प्रदेश तानिएका छन् । वडा प्रहरी कार्यालय सिरहाको प्रमुखका रूपमा कार्यरत राईलाई सोमबार मधेश प्रदेश प्रहरीले कार्यालयले तानेको हो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले उनलाई पठाइदिन प्रदेश प्रहरीले पत्र पठाएको जानकारी दिए । प्रदेशले बोलाएपनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म जिम्मेवारीबाट उनलाई मुक्त भने गरिनसकेको उनले बताए ।

सिरहास्थित शारदा डिस्टिलरीले गर्दै आएको राजस्व छली र राजस्व छलीका उक्त अवैध मदिरा भारत तस्करी हुँदै आएको विषय पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजादमाथि आक्रमण गर्ने योजना गत चैत ८ गते सिरहास्थित एक डेरीमा बसेर तस्करहरूले सई राईकै रोहबरमा बनाएका थिए । यसको नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेको थियो । यो विषय संसदमा पनि उठेको थियो । सिरहामा आफूलाई डीआईजीको घुमुवा भनेर तस्करी धन्दाको नेतृत्व गरिरहेका राई अहिले प्रदेश तानिएपछि अन्यत्र सरुवा तथा कारवाही रोक्न शक्तिकेन्द्र चहार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤