ताजा समाचार

नेसेन्ट एजुकेशनको ठगीका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा, भाडाका पत्रकार बोलाएर ठगी नगरेको सफाई दिदै

  • चैत २७, २०८०
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २७ चैत्र। वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको नेसेन्ट एजुकेशन फाउन्डेसन प्राईभेट लिमिटेडले गरिरहेको ठगी धन्दा बारे विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि सञ्चालक रंजित पडितले अतालिएर भाडाका एक जना पत्रकारलाई बोलाई आफुले ठगी नगरेको दाबी गर्दै चोखो बन्ने प्रयास गरेका छन् । सामाजिक सञ्जाल फेसबुक पेजमा हेरिएको सो भिडियोमा प्रस्तोता पत्रकारले शिक्षा माफिया रंजित पडितलाई बचाउ गर्दै चोख्याउने प्रयास गर्ने गरेको देखिन्छ । सो भिडियोमा अभिभावक र विद्यार्थीहरुलाई प्रस्तोता र पडित दुबै मिली गुमराह पार्ने प्रयास गर्ने गरेको हेर्नेले सजिलै अनुमान लगाउन सक्छन् ।

भिडियोको अन्तमा प्रस्तोताले दुई चार पैसाको लागि वार्गेनिङ्ग नगर्न र जे तथ्य छ केलाएर लेख्न आग्रह गरेका छन् । सञ्चालक रंजित पडित अथवा वहाँको टिम सँग कसले, कुन पत्रकार, को सँग, कहिले, कुन माध्यमले पैसा मागेको केही आधार प्रमाण छ ? “जो चोर उसैको ठूलो स्वर” विद्यार्थीहरुले दिएको निवेदन, छात्रावासको खानामा भेटिएको किरा, झिंगा र मुसा लगायतका प्रयाप्त प्रमाणहरुको आधारमा समाचार प्रकाशन हुंदा रकम मागेको मिथ्या आरोप लगाउने प्रस्तोतालाई लाजशर्म छ कि छैन ? पत्रकारिता क्षेत्रलाई कता तिर लान खोज्नु भएको हो ? सत्य समाचार प्रकाशन हुंदा प्रस्तोताले स्वयं पैसा मागेको आरोप लगाउनु कतिको जायज छ ? तर तपाई के को प्रभावमा परेर नेसेन्टको चाप्लुसी र दलाली गर्न जानु भएको हो आफै बताई दिनुस न ।

अन्तर्वार्ता लिने तरिका यही हो ? पत्रकार आचार संहिता अध्ययन गर्नु भएको छ ? तपाई जस्ता पत्रकारहरुको कारणले पत्रकारिता क्षेत्र बदनाम हुदै गईरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेसेन्ट एजुकेशनले पर्सा, बारा, रौतहटका विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राखी भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीमा पठाउने गरेको समाचार स्रोतको भनाई रहेको छ । बिगत केही महिना पहिले पर्सा, बारा जिल्लाका विद्यार्थीहरुलाई गुमराहमा पारी नेसेन्ट एजुकेशनले पारुल युनिभर्सिटीमा एच.ए. पढनको लागि पठाएको थियो ।

सो युनिभर्सिटीमा एच.ए. पढन गएका विद्यार्थीहरुलाई त्यहाँ सिएमए पढाउने गरेको र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र भने अनुसारको सुविधाहरु नपाएको भन्दै एक÷दुई महिना समय बिताएर भागेर आएका ५ जना विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा आफुहरु ठगीमा परेको भन्दै निवेदन दिएका थिए । सो निवेदन माथि जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल हुँदा विद्यार्थी र सञ्चालकहरुको कुरा सुनेपछि सञ्चालकहरु दोषी रहेको ठहर गर्दै पिडित विद्यार्थीहरुलाई रकम फिर्ता गर्न पर्सा प्रहरीलेले आदेश दिएको जगजाहेर नै छ ।

विद्यार्थीहरुको सोही निवेदनको आधारमा दर्जनौ मिडियाहरुले समाचार प्रकाशन गरे पछि आईतवार शिक्षा माफिया पडितले सय दुई सयको रिचार्जमा बिकाउने पित पत्रकारिता गर्ने एक भाडाका पत्रकारलाई सेटिङ्ग मिलाई आफ्नो अफिसमै बोलाई यथार्थ कुराहरु लुकाउदै हुदै नभएको मनगडन्ते कुराहरु राख्दै आफु चोखो बन्न प्रयास गरेका छन् । जबकी विद्यार्थीहरुलाई पडित र उनको टिमले नै ठगेको प्रशासन कार्यालयमा परेको निवेदनले प्रष्ट भईसकेको छ । यदि पडितको टिमले ठगी गरेका थिएनन् भने विद्यार्थीहरुलाई पैसा फिर्ता गर्ने सहमति किन गरे ? पडितको ठगी कार्यमा सहयोग गर्दै आएका नेसेन्टका सह–संचालक अजित चौरसिया र अन्य केही सहयोगीहरु नक्कली सर्टिफिकेटको कारोबारमा संलग्न रहेको बुझिएको छ ।

विद्यार्थीहरुलाई बाहिर पठाउने र उनीहरु दुर्भाग्यवस फेल भएमा नेसेन्टका सञ्चालक पडितको टिमले नक्कली सर्टिफिकेट बनाएर दिने गरेको स्रोतले जनाएको छ । पारुल युनिभर्सिटीको व्यवस्थापन कमजोर रहेको कारण छात्रावासका विद्यार्थीहरु खुल्लेयाम रुपमा गुटखा खाने गरेको र यस अनलाईनलाई प्राप्त भिडियोमा विद्यार्थीहरुले गलत क्रियाकलाप गर्दै गरेको, बिमल, तुलसी लगायतका गुटखाहरु खाने गरेको प्रष्ट देखिन्छ ।

पारुल युनिभर्सिटीको छात्रावासको खाना मानविय खाना नरहेको र व्यवस्थापनको कमजोरीको कारण छात्र–छात्रा बिग्रने गरेकोले नेपालमा सो युनिभर्सिटीलाई कालो सूचिमा राख्न शिक्षाविद्धहरुको सुझाव रहेको छ । नेसेन्ट एजुकेशनले ठगी धन्दा गर्ने गरेको र नक्कली सर्टिफिकेट बनाउने गिरोह सक्रिय राखेको आरोप लागि रहेकोमा वीरगंज महानगरपालिका, स्थानिय प्रहरी प्रशासन लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा शिक्षाविद्धहरु आश्चर्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤